६ भदौ २०८२, शुक्रवार

अमेरिका जस्तो देखियो,तेस्तै लेखियो

 तिर्थराज ढकाल, बाह्रबिसे ९, राम्चे  सिन्धुपाल्चोक ।  अमेरिकाको राजनैतिक इतिहास धेरै पुरानो छैन ।जुन बेला युरोप र एशियामा ठूल्ठूला सभ्यताको बिकास भएको थियो ,त्यति बेला अमेरिका कबिला युगमा नै थियो ।अमेरिका छ भन्ने कसैलाई पत्तोसम्म थिएन ।सन १७७६ सम्म यो राज्य इंल्याण्डको उपनिवेश थियो ।अढ़ाई सय वर्षको अन्तरालमाअमेरिका विश्वको साम्राज्यवादी मुलुकहरूको नेतृत्वदायी भूमिकामा आफूलाई स्थापित गर्न सफल भयो ।अहिले यो विश्वको महाशक्ति राष्ट्रहरूको अग्रणीको रुपमा चिनिन्छ ।अल्प बिकसित र अबिकसितमात्र हैन   ,विकसित मुलुकका नागरिकहरू पनि ,चाहे अध्ययनको लागि होस ,चाहे कामको लागि होस ,अमेरिका  आउन लालयित देखिन्छन ।यो देश अहिले  सबैका लागि सपनाको नगरी बनेको छ । यसको कारण के हो  ?किन यसले विश्वलाईआकर्षण गरिरहेको छ ?  मानिसहरू अमेरिका आउन किन मरिहत्ते गर्छन ? यहॉ आएपछि किन स्वदेश फर्कन चहॉदैनन ?कसरी छोटो समयमा   यसले उन्नतिको शिखर चुम्न सक्यो ?यसको जबाफको पाटो अलग्गै होला ।यो गहन  बिषय भएकोले समाधान पनि गहन  अध्ययनको गहिराइबाट निकालिएको निस्कर्षद्वारा मात्र संभव होला । मलाई पटकपटक गरेर झण्डै डेढ वर्ष अमेरिकामा बस्ने  अवसर जुर्यो ।यस क्रममा मैले ,मिनिसोटा ,न्युवर्क , साउथदाकोटा ,कोलोराडो,नेब्रास्का ,इलिनोंय,   क्यालिफोर्निया,हवाई,अर्कान्सास्,टेनिसी ,ओहायो,

ईन्डियना,नेबाडा टेक्सास ,एरिजोना लगायतका राज्यहरूको केही स्थानहरूमा पुग्ने मौका पॉए ।यही क्रममा  मैले देखेको ,जानेको र अनुभव गरेको आधारमा  उल्लेखित सवालहरू उपर आफ्ना निजी धारणाहरू निम्नानुसारका बुदाहरूको माध्यमद्वारा प्रस्तुत गर्र्ने जमर्को गरेको छु ।

क- शासकीय स्वरूप - कुनै पनि राष्टको संमृद्दिको मूल  साधन त्यस देशको राज्य ब्यबस्था हो । अमेरिका छोटो अवधिमा अकल्पनीय र आश्चर्यचकित ढंगले आफूलाई भौतिक ,आर्थिक र  राजनैतिक  दृष्टिकोणबाट उन्नतिको शिखरमा पुर्याउन सफल राष्ट्र हो ।यसो हुनुमा यस राष्ट्रको  राज्यसत्ताको महत्वपूर्ण भूमिका रहेको छ । अमेरिकामा कार्यकारी राष्ट्रपति सहितको  प्रजातान्त्रिक शासन पद्दति छ ।१८ वर्ष उमेर पुगेका सबै नागरिकहरूले राष्टपतिलाई भोट दिन पॉउछन ।हरेक ४ वर्षमा राष्ट्रपति पदको लागि निर्वाचन  हुन्छ ।एक ब्यक्ति लगातार २ कार्यकालभन्दा बढी चुनावमा उमेद्वार बन्न पाउदैनन ।निर्वाचित राष्ट्रपतिले बढीमा २० जनाको मन्त्रीमण्डल गठन गर्छन।मन्त्रीहरू बिषय विज्ञहरूबाट लिइन्छ ।राष्ट्रपति जनताप्रति र मन्त्रीहरू राष्ट्रपतिप्रति उत्तरदायी रहन्छन  ।यहॉ  सीनेट र हाउस दुई सदन छन।सिनेटमा ४३५ र हाउसमा १०० सदस्यहरू रहने ब्यवस्था छ ।सिनेटको सदस्यको पदावधि २ वर्षको र हॉउसको सदस्यको  ६ वर्षको हुन्छ ।हरेक २ वर्षमा एकतिहाइ सदस्यहरूको चुनाव हुन्छ ।दुबै सदन ब्यबस्थापिका अन्तर्गत पर्दछन।राज्यको नियम कानून बनाउनु यसको मुख्य कार्य हुन्छ ।सीनेट र हाउसका सदस्यहरूले मन्त्री हुन पॉउदैनन ।कार्यपालिका ब्यबस्थापिका र न्यायपालिका सरकारका स्वतन्त्र निकाय हुन ।एक अर्कोमा हस्तक्षेप हुदैन ।अमेरिका संघात्मक राज्य हो ।५०  ओटा स्टेटहरू मिलेर संयुक्त राज्य अमेरिका बनेको छ ।स्टेटहरू पूर्ण रूपले स्वतन्त्र हुन्छन।यसरी यहॉको शासकीय स्वरूपले पनि  बिकास निर्माणको लागि  महत्वपूर्ण भूमिका खेलेको पाइयो ।

  ख- नीति निर्माणमा  बिषय विज्ञहरूको सहभागिता : अमेरिकामा शिक्षा ,श्वास्थ्य ,परराष्ट् ,ब्यापार आदि राज्यका महत्वपूर्ण नीति,नियमहरू निर्माणपछि सिनेटले त्यसको कपी हार्वर्ड ,स्ट्याण्डफोर्डजस्ता प्रसिद्द विश्वविध्यालयका संबन्धित बिषयका प्रोफेसरहरूलाई अध्ययननको लागि पठॉउने गर्दछ।उनीहरूले गहन अध्ययन गरेर आफ्नो राय सहित सिनेटमा फीर्ता  गरेपछि मात्र सदनमा छलफलको लागि टेबिलेसन गरिन्छ ।एउटा सरकारले निर्माण गरेको नीति नियमहरू राष्ट्हितमा  छ भने अर्कोले तेसैलाई निरन्तरता दिने गर्दछ।नियम कानूनको स्थायित्वको कारणले पनि अमेरिकालाई निर्बाध रूपले बिकास निर्माणमा अधि  बढ्न सहज भएको देखिन्छ ।

ग- भूगोल तथा जलबायु : अमेरिकामा समथर ,पहाड़ी ,उच्च पहाडी,पठार,मरुभूमी आदि सबै खाले भू- बनोटका जमिनहरू पाइन्छन ।त्यसरी नै यहॉ  उष्ण ,शीत ,अति शीत ,अति उष्ण  समशीतोष्ण नातिशीतोष्ण सबै प्रकारका जलबायु पाइन्छ ।यहॉका भू - बनोट र जलबायु पनि बिकासको  निमित्त  अनुकुल देखिन्छ ।

घ - शिक्षा : अमेरिकामा  विध्यालय शिक्षा र उच्च शिक्षा दुई तहको शिक्षा प्रणाली छ।विध्यालय शिक्षामा १-कक्षादेखि ५ क़क्षासम्म प्राइमरी शिक्षा ,६-८ मिडिल स्कूल शिक्षा र ९-१२ हाइस्कूल शिक्षा तीन तह रहेछ ।तेस्तै उच्च शिक्षातर्फ पनि ब्याचलर ,मास्टर र डॉक्टरेट  ( पि यच डि ) तीन तह रहेछ ।दुई वर्षे डिप्लोमा कोर्षको कम्युनिटी कलेजहरू पनि रहेछन ।विध्यालय सुबिधासम्पन् प्रबिधिमैत्री तथा बालमैत्री हुदोरहेछ ।विध्यालय ,हस्पिटल लगायतका 

सार्वजनिक भवनहरू समुदायको प्रत्यक्ष निगरानीमा हुनुपर्ने मान्यताअनुसार कुनै पनि सार्वजनिक भवनहरूमा कम्पाउण्ड नहुदो रहेछ ।प्राइमरी तहदेखि नै कम्प्यूटर विषयअनिवार्य हुदो रहेछ ।वैज्ञानिक  र ब्यावहारिक शिक्षामा विशेष जोड़ दिइदो रहेछ । पाठ्यक्रम निर्माणमा बालबालिकाको उमेर समूह ,रुचि र चहानालाई विशेष ख्याल गरिदो रहेछ ।बढी प्रायोगिक र कम सैद्दान्तिक प्रकृतिका पाठ्यवस्तुहरू  हुदा रहेछन ।doing by learning .( गराईबाट सिकाई शिक्षण बिधि) प्रयोग गरिदोरहेछ ।प्राइमरी तहमा वर्ग शिक्षण र अन्य तहमा विषय शिक्षण गरिदोरहेछ ।१-१२ सम्मको शिक्षा निशुल्क हुदोरहेछ ।सबै कुरा विध्यालयमा नै सिकाइदो रहेछ ।होमवर्क दिने चलन हुदो रहेनछ ।पढाइको स्तर निजी विध्यालयमा भन्दा सरकारी विध्यालयमा राम्रो हुदोरहेछ ।परीक्षा ,परियोजना कार्य ,उपस्थिति ,कृयाशीलता आदीलाई कक्षा स्तरोन्तिको मूल आधार मानिदो रहेछ ।यहॉका शिक्षकहरूको सेवासुबिधा पनिआकर्षक हुदोरहेछ ।शिक्षण पेशालाई आदर्श र मर्यादित पेशाको रुपमा लिइदो रहेछ ।शिक्षक हुनु गर्बको कुरा मानिदो रहेछ ।अमेरिकी शिक्षा प्रणालीका धेरै कुरा हाम्रो देशमा कार्यान्वयन गर्न सक्यौ भने गुणस्तरीय शिक्षा प्रदान गर्न धेरै हदसम्म सफल संभव हुने रहेछ ।क्रमश:  अर्कान्सस् अमेरिका ,दिनांक२१अगष्ट २०२५‘

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.