१४ जेठ २०८३, बिहिवार

श्री सदाबहार साना किसान कृषि सहकारीको पहिलो अधिवेशन, देवकी तिमल्सिना अध्यक्षमा चयन

सिन्धुपाल्चोक । श्री सदाबहार साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारणसभा तथा पहिलो अधिवेशन खाडिचौर, सिन्धुपाल्चोकमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सहकारीको आगामी कार्यदिशा तय गरेको छ।

अधिवेशनबाट देवकी तिमल्सिना अध्यक्षमा चयन हुनुभएको छ भने उपाध्यक्षमा लालबहादुर राउत, सचिवमा बिदुर खड्का र कोषाध्यक्षमा रामचन्द्र सुवेदी निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा दुर्गा नेपाल र सबिना श्रेष्ठ , रुपक पराजुली चयन हुनुभएको छ। लेखा समिति संयोजकमा नारायणकाजी श्रेष्ठ तथा सदस्यहरूमा बुद्धिप्रसाद पराजुली र तारा पराजुली चयन हुनुभएको संस्थाले जनाएको छ।

कार्यक्रममा जिल्ला साना किसान कृषि सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत, साना किसान कृषि सहकारी संघ बागमती प्रदेश सदस्य कृष्ण सुवेदी, बलेफी गाउँपालिका वडा नम्बर–६ का अध्यक्ष तेजबहादुर पराजुली, बलेफी–८ का पूर्व वडा अध्यक्ष चरिबहादुर तामाङ लगायत विभिन्न जनप्रतिनिधि तथा सहकारीकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमकै अवसरमा बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतलाई सम्मान गरिएको थियो। प्रमुख अतिथि चौलागाईंले साना किसान कृषि सहकारी संस्थाले किसानको हितमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै सहुलियतपूर्ण ऋणमार्फत किसानलाई उत्पादनमा जोड्न तथा उत्पादित वस्तुको बजार व्यवस्थापन गर्न सहकारीले प्रभावकारी काम गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले अतिथि तथा सहभागीहरूलाई मायाको चिनो प्रदान गरेको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.