१९ साउन, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला गरेको छ।
ईपीएस कोरिया शाखाले सोमबार एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो र माग संख्या ५ हजार ३ सय रहेको जनाएको छ । जस अनुसार यस पटकको भाषा परीक्षाबाट ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् र रोजगारको लागि कोरिया जान योग्य हुने छन ।
रोजगारको क्षेत्र अन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण माग भए अनुसार भाषामा उतृण गराउने छ । अहिले सूचनामा भनिएको संख्या भन्दा केहि संख्या तलमाथि हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.