१७ साउन २०८२, शुक्रवार

राष्ट्रिय फोटो पत्रकार समुह सिन्धुपाल्चोकको अध्यक्षमा बिजय नेपाल

चौतारा । राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल सिन्धुपाल्चोकको अध्यक्षमा बिजय नेपाल चयन भएका छन ।  चौतारामा भएको शाखाको पहिलो जिल्ला भेलाबाट  विजय नेपाल अध्यक्ष, मानकाजी तामाङ उपाध्यक्ष, सागर खड्का सचिव, प्रेम लामा कोषाध्यक्ष र सुजन श्रेष्ठ सदस्य पदमा निर्वाचित भएका हुन्। समूहका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ सागरको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक अध्यक्ष ध्रुव दंगालको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। समूहका केन्द्रीय सचिव प्रविन कुलुङ राई, बागमती प्रदेश अध्यक्ष राजेन्द्र गजुरेल लगायत अन्य अतिथि सहभागी थिए। देशभर क्रियाशील समूहको ४१ औं शाखाको रूपमा गठन भएको सिन्धुपाल्चोक शाखालाई नयाँ समितिले जिल्लामा फोटो पत्रकारितालाई अनुशासित, मर्यादित र हकहितको संरक्षणमा केन्द्रित गरिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.