१९ साउन २०८२, आइतवार

निर्मला पन्त  हत्या काण्डको नयाँ शिराबाट अनुसन्धान गर्न गृहमन्त्री लेखक द्वारा सिआइबीलाई निर्देशन

१८ साउन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्मला पन्तको बलात्कार पछि भएको हत्याको नयाँ शिराबाट अनुसन्धान गर्न निर्देशन दिएका छन ।  कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीय  पन्तको बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिनुभएको हो । 

सिआइबीको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्  ।

सिआइबीको कार्यालय निरीक्षणको क्रममा गृहमन्त्री लेखकले “निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु, नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ” भनेका छन । 

कार्यालयको निरीक्षण गर्दै सीमित स्रोतसाधनका बीच प्रहरीमा सिआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सिआइबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताएका छन ।  मुलुकमा पछिल्लो समय वित्तीय अपराधका घटना बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए ।

मन्त्री लेखकले “प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ, प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतकोभन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा बजेट बढी विनियोजन गरिएको छ” भनेका छन ।  सिआइबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै जिम्मेवारी पूरा गर्न प्रविधि, जनशक्तिलगायतका विकास गरिनेमा जानकारी गराए। कार्यक्रम निरीक्षणको क्रममा सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सिआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीलगायत विषयमा जानकारी गराएका छन । 

वरिष्ठ उपरीक्षक बोगटीले सिआइबीले गृहमन्त्रीलाइ निर्मला पन्त हत्या प्रकरणका साथै अन्य घटनाका सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराए । कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत सिआइबीका कार्यरत प्रहरी अधिकारीको उपस्थिति रहेको थियो । गृहमन्त्रीले नयाँ शिराबाट अनुसन्धान गर्न भनेर निर्देशन दिएपछि यस अघि सिआइबीले गरेको अनुसन्धानलाइ विश्वास नगरेको हो वा अनुसन्धानको नयाँ शिरा भनेको थप के छ ? भन्नेमा धेरैको जिज्ञासा पनि रहेको छ ।  नेपालमा निर्मला पन्तको हत्या लगायत अन्य केहि  घटनाको पनि  वास्तविकता आउन सकेको छैन ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.