मकवानपुर । यहाँको मकवानपुरगढी गाउँपालिका–५, बुङदोलमा एक पुरुषले प्यारालाइसिस भएकि श्रीमतीको हत्य गरेर आफु पनि आत्महत्या प्रयास गरेका छन । ४५ वर्षीय मानबहादुर शिवभक्तीले प्यारालाइसिस भएकि ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिची हत्या गरेर आत्महत्याको प्रयास गरेका हुन्।
प्रहरीका अनुसार घटना सोमबार बिहान करिब ६ बजे भएको हो । श्रीमतीको हत्या गरेलगत्तै करिब साढे ८ बजे मानबहादुर स्वयं मकवानपुर जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर घटनाबारे जानकारी दिएका थिए। उनले तनावका कारण आफूसँग आत्मनियन्त्रण गुमेको र त्यसै कारण श्रीमतीको हत्या भएको बताएको प्रहरी स्रोतले जनाएको छ। साथै, हत्या पश्चात आत्महत्या प्रयास गर्दा प्रयोग गरिएको डोरी चुँडिएर ज्यान जोगिएकोसमेत बताएका छन।
मृतक दुर्गालक्ष्मी लामो समयदेखि प्यारालाइसिसका कारण पीडित थिइन् । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मकवानपुरगढी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट अनुसन्धान टोली घटनास्थलमा खटिएको छ। प्रहरी निरीक्षक विश्वम्भरनाथ साहको नेतृत्वमा प्रमुख अनुसन्धान टोली खटिएको छ भने इलाका प्रहरी कार्यालयबाट प्बिप्रहरी निरीक्षक बिरेन्द्र रायमाझीको टोलीले प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार मृतकको शव ओछ्यानमै उत्तानो अवस्थामा भेटिएको छ। घटनास्थललाई सुरक्षित राखेर आवश्यक कानुनी प्रक्रिया र विस्तृत अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.