१५ साउन २०८२, बुधवार

भोटेकोशीमा आएको बाढीले  सडक, पुल लगायतका संरचनामा क्षति

रसुवा ।  भोटेकोशी नदीमा आज दिउँसो आएको बाढीका कारण सडक, पुल लगायतका संरचनामा क्षति पुर्‍याएको छ। रसुवा जिल्ला प्रशासन कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै क्षतिबारे बुधबारको बाढीले पुर्‍याएको क्षतिको जानकारी दिएको हो । 

बिज्ञाप्ति अनुसार गत असार २४ गतेको बाढीका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा सञ्चालनमा आएको स्याफ्रुवेशी– रसुवागढी सडकखण्ड आजको बाढीका कारण मेदामुदुङ, कुलुङ, लिङलिङ, तातोपानी, टिमुरे, घट्टेखोला, भन्सार यार्ड प्रवेशद्वार र नेपाली सेनाको चेकपोष्ट नजिक गरी ८ वटा स्थानहरूमा करिब ५४० मि. क्षति पुग्न गई पुनः पूर्ण रुपमा अवरुद्ध भएको छ । 

त्यस्तै स्याफ्रुबेशी– दोभान सडकखण्ड अन्तर्गत लाङटाङ जलविद्युत आयोजना प्लाण्ट नजिक बाढीका कारण बाटो कटान भई सडक मार्ग अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । बाढीले गोसाईंकुण्ड गाउँपालिका २ टिमुरेस्थित भन्सार यार्डमा थप कटान गरेको र यार्डको दक्षिण तर्फ रहेको सानो घर र सँगै रहेको धर्मकांटा समेत बगाएको अधिकारीले बताए । गोसाइकुण्ड गाउँपालिका २ तातोपानीस्थित भोटेकोशी नदीमा अवस्थित रसुवागढी हाइड्रोपावर जाने पुल र कालिका गाउँपालिका १ र उत्तरगया गाउँपालिका १ जोड्ने त्रिशुली नदीमा अवस्थित पक्की पुलको दुवै तर्फको प्रोटेक्सन ग्याबिन/वाल बाढीका कारण भत्किएको छ भने दुवै पुल जोखिमको अवस्थामा रहेकाका छन् । गोसाइकुण्ड गाउँपालिका ५ रुङ्गा पुल नजिकै काठले बनेको जस्ताको छानो भएको चार वटा टहरा बाढीले बगाएको छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.