१५ साउन २०८२, बुधवार

बागमती काङ्ग्रेस संसदीय दलमा बानियाँ निर्वाचित

हेटौंडा ।  कुल ३७ मत खसेकोमा बानियाँले २२ पएर निर्वाचित भएका छन भने  उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत प्राप्त गरे र एक मत भने बदर भएको छ।  संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानियाँ दलको नेता चुनिएका हुन् ।

यसअघि बानियाँकै अगुवाइमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्ताव संसदीय दलको बहुमत अर्थात् २२ मतले पारित गरेको थियो ।

रिक्त संसदीय दलको नेता पदका लागि बुधबार निर्वाचन गरिएको हो । संसदीय दलको नेतामा बानियाँ र लामा यही कार्यकालमा दोस्रो पटक आपसमा भिडेका हुन् । वि.सं. २०७९ मा बानियाँलाई नै पराजित गर्दै संसदीय दलको नेतामा लामा निर्वाचित भएका थिए । संसदीय दलको नेतामा निर्वाचित बानियाँ कांग्रेसको बागमती प्रदेश सभापति पनि हुन् ।  सुरुमा मुख्य मन्त्री हुँदा लामाले एकवर्ष पछि छाड्ने सहमति गरेको कुरा पनि बाहिर आएको छ । 

काङ्ग्रेसबाट निर्वाचित सिन्धुपाल्चोकका दुइ सांसद दुइतिर बाडिएका छन ।  निर्वाचन क्षेत्र नम्बर २ क बाट निर्वाचित  कृष्ण तामाङ बानियाँको पक्षमा र निर्वाचन क्षेत्र नम्बर १ को क बाट निर्वाचित मसिना खड्का लामाको पक्षमा उभिएका छन । 


सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.