१८ साउन २०८२, शनिवार

नाटक देखाउॅदा मुद्दा खेपियो

  तिर्थराज ढकाल, बाह्रबिसे ९ राम्चे सिन्धुपाल्चोक 

२०३६ सालको विध्यार्थी आन्दोलनपछि गाउॅमा बिस्तारै  चेतनाका लहरहरु  फैलदै थिए । बहुदलीयताका पक्षधर  शिक्षक ,विध्यार्थी र युवा पंतिहरु गीत संगीत र नाटकजस्ता सॅास्कृतिक कार्यक्रमद्वारा  शोषित पिडित श्रमजिबी बर्गलाई अन्याय ,अत्याचार ,शोषण र उत्पिडन बिरुद्द  एकत्रित गर्ने काममा जुटेका थिए । त्यस बेला  प्रगतिशील बिचारधारामा  आस्था राख्ने विध्यार्थी शक्तिहरु  अखिल पाचॅौ ,अखिल छैठॅौ र फेडेरेसनजस्ता  बिभिन्न संगठनहरुमा बिभाजित थिए । अखिल पाचॅौ  सि पि मैनालीले नेतृत्व गरेको  पार्टी नेकपा मालेको  र अखिल छैठॅौ  मोहनबिक्रम सिंहले नेतृत्व गरेको पार्टी नेकपा  चौमको भातृ संगठन थियो । फेडेरेसनलाई  बर्मा ,रायमाझी र मानन्धरले नेतृत्व गरेको  रसियन समर्थक कम्युनिष्टहरुको भातृ संगठन मानिन्थ्यो   हाम्रो  जिल्लामा  अखिल पाचॅौ र अखिल छैठॅौ प्रतिस्पर्धी शक्तिको रुपमा थिए । जिल्लाको पूर्बी भेगको कुरा गर्दा  बिन्जेल , मांखा , ठूलोपाखर , धुस्कुन , बाह्रविसेको बाहुन गाउॅ र मानेस्वारामा अखिल छैठॅौको  बलियो पक्कड थियो । टेकान्पुर ,तौथलि ,पिस्कर ,चोकटी  ,कर्थली , बाह्रविसेको धार्पा र राम्चेमा अखिल पाचॅौको संगठन बलियो  थियो । जिल्लामा फेडेरेसनको खासै प्रभाव थिएन ।

            त्यस बेला म शारदा मा वि  बाह्रविसेमा  शिक्षण गर्थें । बिन्द्रप्रसाद ढकाल ( बिन्द्र दाइ ) भद्रकाली नि मा वि मानेस्वाराको  प्र अ हुनुहुन्थ्यो ।  दाइ र म औधी मिल्ने साथी थियॅौ । कक्षा १ देखि १० सम्म को सहपाठीमात्र हैन ,हाम्रो किताब नै १ सेटमात्र हुन्थ्यो । संयुक्त अध्ययन गर्थ्यॅौ तर फरक राजनैतिक धारको प्रतिनिधित्व गर्थ्यॅौ । दाइ नेकपा मालेसॅग संबद्द हुनुहुन्थ्यो । अखिल पाचॅौलाई समर्थन गर्हुन्थ्यो । म नेकपा चौमसॅग नजिक थिए । अखिल छैठॅौलाई समर्थन गर्थे ।

                 एक दिन हामी राम्चेली युवाहरु  पन्चायत भबनमा भेला भयौं । राम्चेमा नाटक प्रदर्शन गर्ने बिषयमा छलफल भयो  ।भेलाले नाटक प्रदर्शन  गर्ने र नाटक चयन ,गीत लेखन र प्रहसन संकलन सबैको जिम्मा बिन्द्र दाइ र मलाई दिने निर्णय गर्यो ।  हामीले ( ब्युझेको गाउॅ ) शीर्षकको प्रगतिशील नाटक मंचन गर्ने सल्लाह गर्यैं। नाटकको  बिषयबस्तुसॅग मिल्ने गीतहरु लेख्यौ । प्रहसनहरु संकलन गर्यौं र पन्चायत भबनमा नाटकको रियलसल गर्यौं। मात्र तीन हप्ताको रियलसलपछि २०३७ मंसीरको तेस्रो हप्ता  थरिप्रसाद ठूलाबाको ठूलो खेतको ठूलो पाटोमा नाटक प्रदर्शन गर्यौं ।    क्रमश …

ढकालको फेसबुकवाल बाट 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.