२१ साउन २०८२, मङ्गलवार

यस कारण बहुविवाह कुनै पनि सभ्य समाजको लागि स्वीकार्य छैन

 कृष्णकुमारी खतिवडा

सदस्य, राष्ट्रिय महिला आयोग नेपाल 

संसोधन सहितका बुदा थपेर सामाजिक उच्श्रङ्खलता बढाउने मस्यौदा  कानुन मन्त्रालयले तयार पारेर प्रधानमन्त्री कार्यालयसम्म पुगेको जानकारी राष्ट्रिय महिला आयोगमा आएकोले  राष्ट्रिय महिला आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । राष्ट्रिय  महिला आयाेगको बैठक बसी पटक पटकको मागेपनि उपलब्ध हुन नसक्नुको पछाडि केही बदमासी अवश्य हुनुपर्छ । कानुन भन्दा माथि बसेर मानव अधिकार र लैंगिक समानताको विरुद्द प्रस्तावित मस्यौदा प्रतिगमनकारी  कदम हो । यो मान्य हुदैन खारिज हुन् आवश्यक  छ।

१. नेपाली  समाजमा  पुरुषप्रधानता मानसिकताअझै  कायम छ । प्राविधिक सिप, क्षमता, अवसर र चेतनाले समावेशीको किनार टेकेको समयमा आएको यो मस्यौदा लैंगिक विभेदको ज्वलन्तता हो  अपराध हो।

२.आन्दोलन निर्णायक  २००७,२०१७, २०१८ हुदै २०३६, २०४६, २०४७ मा हाम्रा हजुर आमाहरुले वाक स्वतन्त्रताको लागि लड्नु परेको थियो । मताधिकारको अधिकार पनि विशवका अरु देशका महिलाले भन्दा पहिला नै प्राप्त गरेका हुन् नेपाली महिलाले ।६२'६३ आन्लोलमा लागेका घाउ आलै छन।

३. हिजोका दिनदेखि  भोगिआएको महिला हिंसा आज पनि कायम नै छ । हजुरआमाको पालाका सतीप्रथा, बोक्सी प्रथा, एसिड आक्रमण, बालविवहा बहुविवाहा एउटा भोग्य वस्तुको साधनको रुपमा होस् वा अरु कुनै सामाजिक मुल्य मान्यताकै आडमा महिला माथि हुने गरेका हिंसा अपराधको श्रूङ्खला अन्त्य हुन नसकेको बेलामा आएको त्यतातिर विचार विमर्श र छलफल गर्न छोडेर मर्दको महिलाआयोग कुनै जानकार  छैन छोराको  दम्भ निकाल्ने उपाय पो खोजिरहेछ कानुनले 

४.दिदीपुस्तामा अमुक केटासँग बोल्न पनि मनाही थियो बाबु आमाले जसलाइ जिम्मा लगाउछन् उसैसँग जीवन बिताउनु पर्थ्यो चाहे पागल होस् या अर्ध पागल ।

५, म र मेरो बहिनीको पुस्ता ले जीवन साथी हुन्छ हुन्न भन्ने अधिकार पाए । अधिकार हाम्रो हो भनियो हाम्रै निर्णय प्रधान भयो ।

६ छोरी ,छोरा पुस्ता को जमना हो यो त्यो पुस्ता को सोच,बिचार र आवश्यकता के छ त्यसलाई सम्बोधन गर्ने गरि कानुन ऐन  र नियम बनाउनु पर्छ ।७ , बहुविवाहलाई  कानुनी मान्यता दिनुपर्छ भन्नेकुरामा सहमत हुने विद्वानहरु बुढीले ,छोरीले  र भाउजूले बहुपतिको अधिकार र कानुन चाहिन्छ भन्ने प्रस्ताव राखे भने हाम्रो नेपाली समाजको कुरुपताको आँकलन गर्न सकिन्छ??

८. हाम्रो जस्तो पुरुष प्रधान समाजमा कुनै पनि कारण ,तर्क र समस्यालाई आधार देखाएर अर्को बिबाहा र बच्चालाई अधिकार दिने कुरा आत्मघाती हुन्छ । बिबाहीत पुरुषले अर्को महिलासँग सम्बन्ध  राखेर बच्चा जन्माए त्यो ठूलो अपराध होहो र हुनुपर्छ ।यो कानुनी  आधार हुनै हुदैन।

९.प्रलोभमा परेर दोर्सो बिबाह वा बच्चा भएकाहरुको हकमा राज्यले दण्ड सहित अर्को कानुनी व्यबस्था गरौ । २०८२/४/१९ , खतिवडाको फेसबुक वालबाट 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.