२३ साउन २०८२, बिहिवार

के राजनीतिक अस्थिरताको कारण निर्वाचन प्रणाली मात्र हो र ?

ईश्वरी रिजाल, नेकपा एमाले पोलिटब्यूरो सदस्य 

२०४८ साल जेठ १५ गते गठित तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकार आफ्नै दल भित्रको विवादका कारण २०५१ असार २७ गते विगठनमा पुगेर मुलुक मध्यावधि निर्वाचनमा गयो। प्राय: जसो सबै राजनीतिज्ञहरुले यस घटनालाई देशमा राजनीतिक अस्थिरता सुरुवात भएको विन्दुका रूपमा लिने गरेका छन्।

त्यसै गरि २०५६ वैशाख १७ गते गठित कृष्ण प्रसाद भट्टराईको सरकार २०५६ चैत ७ गते दल भित्रकै खिचातानीका कारण राजिनामा दिन वाध्य पारेर विगठन भयो। त्यस घटनाले पनि देशमा राजनितिक अस्थिरता पैदा गर्न भूमिका खेलेको प्राय: सबैले मानेका छन् ।

अर्को घटना: २०७८ वैशाख २७ गते केपी शर्मा ओली नेतृत्वको सरकारले सदनमा बहुमत सावित गर्न प्रस्ताव गर्दा आफ्नै दल एमालेका तत्कालीन सांसद माधव नेपाल सहित १५ जना संसद सदस्यहरुले साथ नदिएपछि सरकारलाई अप्ठ्यारो परेको थियो। यस घटनाक्रम अगाडि बढ्दै जाँदा उनीहरूले एमाले दल नै विभाजन गर्न पुगे ।

यो रोग आज संघमा मात्र होइन, प्रदेशमा पनि सङ्क्रमित भएको छ र दल भित्रकै आन्तरिक कारणले गर्दा भयङ्कर राजनीतिक अस्थिरता देखा पर्ने गरेको छ। यसको जोलन्त उदाहरण भर्खरै वागमती प्रदेश सरकार परिवर्तनको घटनालाई लिन सकिन्छ।  

उपरोक्त घटनाक्रमहरुलाई नजर लगाउदा हाम्रो विद्यमान निर्वाचन प्रणालीलाई राजनीतिक अस्थिरताको दोष लगाउने ठाउँ कतै पनि देखिदैन । यद्यपि हामी विद्यमान निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत आउन नसकेर मुलुकले राजनीतिक अस्थिरता व्यहोर्नु पर्‍यो भन्ने बहस चलाई रहेका छौं । यस विषयलाई संविधान संशोधनको प्रमुख विषय मानेर चर्चा पनि चलाई रहेका छौं । तर, घटनाक्रम अनुसार निर्वाचन प्रणालीका कारण कुनै दलको बहुमत नआएर वीच-वीचमा सरकार बदल्नु परेको र मुलुकमा राजनीतिक अस्थिरता बढेको भनेर प्रणालीलाई मात्र दोष लगाउन सकिने ठाउँ देखिदैन । त्यो भन्दा बढ्ता दल भित्रको सत्ता स्वार्थ, अनुशासन हिनता र अराजकता कारक बनेको देखिन्छ । किन भने सरकार बनाउन र चलाउन दलसँग बहुमत हुने तर, आफ्नै दलको प्रधानमन्त्रीमाथि अमुक राजनीतिक दलले राखेको अविश्वास प्रस्तावको पक्षमा दल भित्रकै सदस्यहरु सहयोगी बन्ने गरेको देखिन्छ। त्यतिमात्र होइन आफ्नो स्वार्थ सिद्ध गर्न दल समेत विभाजन गर्ने अराजनीतिक र अलोकतान्त्रिक प्रवृत्ति पनि देखिन्छ । यस्ता चरित्रप्रती नजरअन्दाज लगाउने हो भने हामीले राजनीतिक अस्थिरता हटाउन सक्दैनौ। आफ्नै दलका कारण पैदा हुने यस प्रकारका राजनीतिक अस्थिरताको दोषी निर्वाचन प्रणाली मात्र देखाएर समस्याको समाधान निकाल्न सक्दैनौ । तसर्थ आज राजनीतिक अस्थिरता हटाउन निर्वाचन प्रणालीको परिवर्तनसंगै राजनीतिक दलहरुलाई संवैधानिक रूपले कसरी कडा अनुशासनमा बाँधन सकिन्छ बहस यसमा पनि गर्नु पर्छ ! रिजाल प्रतिनिधि सभा सदस्य पनि हुनुहुन्छ 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.