१७ श्रावण,२०८२ । नेकपा एमाले निकट नेपाल बौद्धिक परिषद्केको आयोजनामा "नेपालको भूराजनीतिक तथा आर्थिक अवस्था:बौद्धिक जगतको भूमिका" विषयमा भर्चुअल बौद्धिक बहस भएको छ । यो बहस उक्त परिषदको पहिलो अर्थात शृङ्खला-१ हो । यस्ता कार्यक्रम नियमित रूपमा गर्मे नेपाल बौद्धिक परिषदले जनाएको छ ।उक्त भर्चुअल बहस कार्यक्रममा अपला चियान स्टेट विश्वविद्यालय संयुक्त राज्य अमेरिकामा प्राध्यापनरत प्रा.डा. दिनेश पौडेलले आफ्नो अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो । बौद्धिक परिषदसँग सम्बन्धित देशबिदेशमा रहेका ७१ जना सदस्यहरू जोडिएको उक्त बौद्धिक बहस कार्यक्रममा विभिन्न व्यक्तिहरूले जिज्ञासा राखेका र प्रा.डा.पौडेलले ती जिज्ञासाहरूको समाधानका उपायसहित उत्तर दिनु भएको थियो । परिषदका केन्द्रीय अध्यक्ष ई.गजेन्द्रप्रसाद थपलियाको अध्यक्षतामा भर्चुअल बहस कार्यक्रम बहेको थियो । उक्त कार्यक्रमको सन्चालन परिषदका महासचिव डा.दीपेन्द्र श्रेष्ठले र सहजीकरण सचिव डा.टीका ढकालले गर्नु भएको थियो । भर्चुअल बहस कार्यक्रममा एमाले निकट तथा अन्य स्वतन्त्र बौद्धिक व्यक्तित्वहरुको राम्रो उपस्थिति रहेको प्रचार सचीव डा टिका ढकालले बताउनु भयो ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.