१ भदौ २०८२, आइतवार

बौद्धिक परिषदको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम

१ भदौ काठमाडौं ।  नेपाल बौद्धिक परिषदले “सांस्कृतिक कूटनीति: नेपालको विश्वव्यापी पहिचान प्रवर्द्धन” बिषयमा  बृहत अन्तरक्रिया कार्यक्रम गरेको छ ।  सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने र यसको माध्यमबाट कूटनीतिक सम्बन्धलाई सुदृढ बनाउने उदेश्यले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका  प्रमुख अतिथि एवं नेकपा एमालेका  महासचिव शंकर पोखरेलले नेपालको सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने र यसको माध्यमबाट कूटनीतिक सम्बन्धलाई सुदृढ बनाउने आवश्यकतामा जोड दिनु भएको छ । उहाँले, “नेपालको विविध सांस्कृतिक सम्पदा हाम्रो पहिचान मात्र नभई विश्वसामु हाम्रो कूटनीतिक शक्ति पनि हो। हामीले यसलाई संरक्षण गर्दै प्रवर्द्धन गर्नु अत्यन्त जरुरी छ” भन्नु भयो । 

कार्यक्रममा डा. राजेन्द्र चापागाईंले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने एमाले पोलिटब्यूरो सदस्य एवं बौद्धिक परिषद इन्चार्ज  अरुण नेपाल ,  पुर्व राजदूत डा. अर्जुन कार्की, पूर्व राजदूत डा. बंशीधर मिश्र, संस्कृतिविद डा. गोपाल धौबन्जार ले कार्यपत्र माथि टिप्पणी गर्नु भएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न संस्कृतिविद् तथा बौद्धिक व्यक्तित्वहरू उपस्थिति रहेको  थियो। प्रस्तुत कार्यपत्रमा नेपालको सांस्कृतिक पहिचानको महत्व, त्यसको विश्वव्यापी प्रवर्द्धनका उपाय, र सांस्कृतिक कूटनीतिबाट प्राप्त सम्भावित लाभबारे विस्तृत छलफल भएको थियो।

नेपाल बौद्धिक परिषदका अध्यक्ष गजेन्द्र थपलियाले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबै सहभागीहरूलाई धन्यवाद व्यक्त गर्दै, “यस प्रकारका अन्तरक्रिया कार्यक्रमले बौद्धिक चेतना र सांस्कृतिक जागरूकता फैलाउने मात्र नभई नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर पनि प्रदान गर्छ” भन्नु भयो ।

यस्ता अन्तरक्रिया कार्यक्रमले सहभागीहरूबीच विचारविमर्श, अनुभव आदान–प्रदान, र आगामी सांस्कृतिक कूटनीतिक योजना निर्माणमा मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका रहने आयोजकले अपेक्षा गरेको छ । एमाले निकट बौद्धिक परिषदले विभिन्न बिषयमा अन्तरक्रिया, बहस तथा छलफल गर्दै आएको छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.