१६ साउन २०८२, बिहिवार

भदौ १५ सम्म उम्मेदवार सिफारिस गर्न पोखरेलको निर्देशन

काठमाडौं, साउन १५ — सांसद दीपक बोहोराको निधनपछि रिक्त बनेको रुपन्देही क्षेत्र नं. ३ मा उपनिर्वाचनका लागि नेकपा एमालेले भदौ १५ भित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ।

एमाले महासचिव शंकर पोखरेलले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न प्रदेश र जिल्ला कमिटीलाई पत्र पठाएका छन्। उम्मेदवार चयन गर्दा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले प्रदेश र जिल्ला कमिटीसँग समन्वय गर्न भनिएको छ।

पार्टी केन्द्रीय कार्यालय प्रमुख डा. भिष्म अधिकारीका अनुसार, मातहतका कमिटीबाट सिफारिस भई आएको नामहरूमध्येबाट केन्द्रीय सचिवालयले अन्तिम निर्णय गर्नेछ।

२०७९ को आमनिर्वाचनमा राप्रपाका उम्मेदवार दीपक बोहोरा एमालेको समर्थनमा विजयी भएका थिए। उनको निधनपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने घोषणा गरिसकेको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.