दुर्गा ओझा न्यौपाने
१९ साउन , नुवाकोट । यहाँको तारकेश्वर गाउंपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको उपचारका क्रममा निधन भएको छ । ज्वरो आएपछि वीर अस्पतालमा उपचार गराइरहेका ४५ वर्षिय वडाध्यक्ष रिमालको उपचारकै क्रममा सोमवार निधन भएको हो ।
नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका रिमालको अस्पतालमा उपचार गराइरहेकोमा असामयिक निधन भएको एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि वद्री मैनालीले जानकारी दिए । स्वर्गीय रिमाको विदुर नपा ३ स्थित त्रिशूली नदी किनारामा श्रद्धान्जली दिई अन्तिम संस्कार गरिएको छ ।
वडाध्यक्ष रिमाल वि. सं.२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए । त्यसअघि वि. सं.२०७४ सालमा उक्त वडामा वडा सदस्यमा विजयी भएका थिए । स्वर्गीय वडाध्यक्षका माता. पिताका साथै पत्नी, एक छोरी र एक छोरा छन् । मिलनसार, सरल तथा सामाजिक रुपमा सक्रिय वडाध्यक्ष रिमालको असामयिक निधनले तारकेश्वर गापा मात्रै नभई नुवाकोटलाई नै क्षति पुगेको तारकेश्वर गाउँ पालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.