सिन्धुपाल्चोक । यहाँको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को संयोजकमा कृष्ण न्यौपाने चयन भएका छन ।
संगठनको केन्द्रीय समितिको बैठकले सिन्धुपाल्चोक जिल्लाको संयोजकमा उपाध्यक्ष कृष्ण न्यौपानेलाई चयन गरेको हो ।
न्यौपाने यस अघि जिल्ला अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । केन्द्रिय महाधिवेशनमा जिल्ला अध्यक्ष रविन वाइवा केन्द्रिय सदस्यमा निर्वाचित भएपछि जिल्लाको नेतृत्वमा रिक्तता आएको थियो । जिल्लामा नेतृत्वको रिक्तता आएपछि पनि लामो समय कस्लाइ संयोजक तोक्ने भन्नेमा केन्द्रिय समिति अलमलमा परेको संबंधित विद्यार्थी नेताहरू बताउछन ।
सुनकोसी क्याम्पस स्ववियु सभापति समेत रहेका न्यौपाने अनेरास्ववियु भित्रको एक सक्रिय विद्यार्थी नेता हुन । नेतृत्वको जिम्मेवारी पाएपछि संगठन सुदृढीकरण, नेतृत्व विकास तथा विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने लक्ष्य रहेको न्यौपानेले बराएकाछन ।
प्रभावकारी कार्य सम्पादन गर्ने विश्वास व्यक्त गरिएको छ। अनेरास्ववियुले संगठनलाई अझ सशक्त, अनुशासित र विद्यार्थी हितमा सक्रिय रहने उनको भनाइ छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.