२२ साउन २०८२, बुधवार

बसभाडामा ४५% छुट कार्यान्वयनको माग गर्दै अनेरास्ववियु सिन्धुपाल्चोकले प्रजिअलाइ बुझायो ५ बुँदे ध्यानाकर्षण पत्र

२१ साउन, चौतारा । नेकपा एमाले निकट अनेरास्ववियु  सिन्धुपाल्चोकले  बसभाडामा ४५% छुट कार्यान्वयन लगायतका ५ बुंँदे ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारीलाइ  बुझाएको छ । संगठनका जिल्ला अध्यक्ष कृष्ण न्यौपानेको नेतृत्वमा उक्त ५ बुँदे माग तथा ध्यानाकर्षण पत्र बुझाएको हो । माग पत्र बुझाउदै अध्यक्ष न्यौपानेले विद्यार्थीहरुका जायज माग पुरा नभएमा आन्दोलनका थप कार्यक्रम गरिने बताएका छन । साथै पुर्व अरनिको यातायात सेवा प्रालिले सुकुटेदेखि लामोसाँघु सम्म क्याम्पस बस संचालन गर्ने प्रतिबद्धता अनुसार काम नगरेकोमा पनि प्रजिअको ध्यानाकर्षण गराएका छन 

संगठनले मंगलबार प्रजिअको कार्यकक्षमा पुगेर बुझाएको माग तथा ध्यानाकर्षण पत्रमा "राष्ट्रिय स्वाभिमान,गणतन्त्र, न्याय र समानताको आन्दोलनमा निर्णायक भूमिका निर्वाह गर्ने अनेरास्ववियु शैक्षिक आन्दोलनको नेता,लोकतान्त्रिक गणतन्त्रको योद्धा,सामाजिक परिवर्तनको संवाहक, राष्ट्रियताको पहरेदार,रचनात्मक क्रियाशीलताको नेता सङ्गठनहो। सङ्गठन लोकतन्त्र र मानव अधिकार,सामाजिक न्याय सँगसँगै विद्यार्थी हक हित र अधिकार प्राप्तिको लागि निरन्तर जागरुक रहँदै उज्वल भविष्य निर्माणको निम्ति समेत सदैब क्रियाशील रहको सर्वबिदितै छ।

यसै सन्दर्भमा सिन्धुपाल्चोक जिल्ला सरुवा भई प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यभार सम्हाल्नुभएका बन्धु प्रसाद बास्तोला ज्यूलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, सिन्धुपाल्चोक जिल्लाभित्र रहेका विभिन्न नीतिगत तथा व्यवहारिक विषयहरूमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।

१)अनेरास्ववियु सदैव कानुनको रक्षा गर्दै समुदायले पाउने समस्त अधिकार सुनिश्चितताको निमित्त गम्भीरताका साथ आवाज बुलन्द गर्दछ।सिन्धुपाल्चोक जिल्ला  अन्तर्गत सञ्चालनमा रहेका यातायात प्रा.लि र व्यवसायीहरु द्वारा विद्यार्थी,जेष्ठ नागरिक, शारीरिक रूपमा अशक्त तथा अपाङ्ग भयका नागरिक लाई कानुनले व्यवस्था गरेको ४५% भाडामा सहुलियत कार्यान्वयनमा नआएको र अरनीको यातायात प्रा.ली ले सुकुटे देखि बाह्रविसे सम्म क्याम्पस टिप सञ्चालन गर्ने प्रतिबद्धता कार्यान्वयनमा नआएको हुँदा उल्लेखित अधिकार सुनिश्चितताको निमित्त गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ।

२)निजी विद्यालयहरूले नियमअनुसार प्रदान गर्नपर्ने छात्रावृत्ति (scholarship) प्रदान गर्न र शिक्षकहरूलाई सरकारले तोकेको न्यूनतम सेवा सुविधा प्रदान गराउनको लागी नियमित निरीक्षणको निमित्त अनेरास्ववियु सिन्धुपाल्चोक जिल्ला कमिटी हार्दिकअनुरोध गर्दछ।, 

३) बर्षादको समयमा भैपरी आउने बिपद तथा जोखिमबाट क्षती कम गर्नका निमित्त र उद्दार तथा राहत  उपलब्ध गराउनका लागि (quick special response team) तयार गर्न अनुरोध गर्दछौँ।

४) नदि दोहनको कारणले खोला आसपासका बस्तिहरुमा बाढी लगायतका समस्या आइपरेको स्पस्ट नै छ नियम बिपरित भैरहेको नदि दोहन  निरीक्षण गरि कारबाहीको दायरामा ल्याउन अनुरोध गरिन्छ,  समृद्धिको एक मार्ग राष्ट्रिय गौरबका आयोजना सन्चालन हुनु हो।

५) आयोजनाहरु विकास हुँदै गर्दा बहन गर्नुपर्ने सामाजिक उत्तरदायित्व र प्रभावित छेत्रहरुको उचित संरक्षण तथा ब्यबस्थापनको निमित्त यथाशीघ्र माग गरिन्छ" भनिएको छ । 


सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.