काठमाडौं । नेपाल सरकार अर्थमन्त्रालयले कुनै पनि कर्मचारीले गर्न पर्नि काम नगरेमा र नगर्न पर्नि काम गरेमा तथा काममा ढिलासुस्ती गरेमा, घुस मागेमा सम्पर्क गर्न भनेको छ । मन्त्रालयले एक सूचना जारी गरेर अर्थ मन्त्रालय अन्तरगत का कुनै पनि कार्यालयमा अनावश्यक ढिलासुस्ती , सेवा प्रवाहमा कठिनाइ सृजना भएमा गुनासो टिपाउन अनुरोध गरेको हो । जारी सूचनामा "अर्थ मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नु पर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दबाब दिएको एवं घुस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएको अवस्थामा ईमेलः rameshore@mof.gov.np, gunaso@mof.gov.np र हटलाइन (टोलफ्री) नम्बर १८१०५०००४१० मा सिधै गुनासो गर्न सकिने व्यस्था गरिएको व्यहोरा जानकारी गराईन्छ" भनिएको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.