जाउलाखेल, ललितपुर । नेकपा एमाले निकट नेपाल बौद्धिक परिषद्को महिला विभागले सामाजिक–सांस्कृतिक रुपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नयाँ मोडलमा ‘तीज विचार–विमर्श कार्यक्रम’ गरेको छ। न मंच मा अतिथि थिए न खादा माला । केवल विचार–विमर्शलाइ केन्द्रमा राखेर छलफल गरिएको थियो।
कार्यक्रममा परिषद्की प्रचार सचिब डा. टीका ढकालले तीज पर्वको परम्परा, त्यसमा देखिएका सामाजिक भेदभाव र नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धानमूलक प्रस्तुति गर्नु भएको थियो । सो अवसरमा प्रमुख अतिथि नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, परिषद्का इञ्चार्ज एवं एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, परिषदका अध्यक्ष ई गजेन्द्र थपलिया ,सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थी, एमाले केन्द्रीय सदस्य रचना खड्का, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्यलगायत वक्ताहरूले तीज पर्वलाई सामाजिक समानता, सांस्कृतिक सरलीकरण र आर्थिक सशक्तिकरणसँग जोड्नुपर्नेमा जोड दिनुभयो।
सहभागीहरूको सक्रिय प्रश्नोत्तर तथा अन्तरक्रियाले कार्यक्रमलाई थप जिवन्त बनाएको थियो। कार्यक्रमको सञ्चालन परिषद् केन्द्रीय सदस्य गीता अधिकारीले गर्नुभएको थियो। स्वागत मन्तव्य कृष्ण शर्मा , कार्यक्रमको अध्यक्ष ता बिभागको प्रमुख सृजना घिमिरेले गर्नु भएको थियोे भने धन्यवाद ज्ञापन जुना जागृले गर्नुभयो । उक्त कार्यक्रममा नेपाल सरकारका पुर्व सचिव डा. प्रेम कंडेलले कार्यक्रमको निचोड प्रस्तुत गर्नु भएको थियो भने मोडेरेटरमा परिषदक सल्लाहकार बिधान अचार्य ले गर्नुभएको थियोे । महिला र पुरुष को सहभागीमा बिमर्श कार्यक्रम सबै तहमा गरिनु पर्ने रहेको सबै सहभागी अतिथिको भनाइ थियोे
कार्यक्रमका सबै वक्ता र सहभागीहरूको साझा निष्कर्ष : तीज पर्वको नाममा विकृति भित्र्याउनु हुँदैन, यसलाई सरल खुसीयालीसँगै सामाजिक–सांस्कृतिक रुपान्तरण र आर्थिक सशक्तिकरणसँग जोडेर समावेशी बनाउनुपर्छ । यसरी सम्पन्न कार्यक्रमलाई सबैको धारणा अनुसार बौद्धिक, सान्दर्भिक र प्रभावकारी मानिएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.