१९ माघ २०८२, आइतवार

हेलम्बुमा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा, किसानको उत्पादन बजारीकरणमा टेवा

मेलम्ची, माघ १८, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको सहकार्य तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा गाउँपालिका भित्रका कृषकलाई लक्षित गर्दै कृषि एम्बुलेन्स सेवा सुरु गरिएको छ। किसानको कृषि उत्पादनलाई खेतदेखि बजारसम्म सहज रूपमा पुर्‍याई बजारीकरणमा सहयोग गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याइएको हो।

कृषि उत्पादनको ढुवानीमा देखिँदै आएको अभाव, समयमै बजारसम्म उपज नपुग्दा हुने क्षति तथा लागत बढ्ने समस्यालाई न्यूनीकरण गर्न कृषि एम्बुलेन्स सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ। यस सेवामार्फत किसानको खेतबारीबाट संकलन केन्द्र, हाटबजार तथा विभिन्न बजारसम्म कृषि उपज सहज, सुरक्षित र समयमै ढुवानी गरिनेछ।

हेलम्बु गाउँपालिकाले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि र कृषि व्यवसायीकरणलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। त्यस्तै, जस्ट नेपाल फाउन्डेसनले प्राविधिक तथा संस्थागत सहयोगमार्फत कृषकको सशक्तीकरणमा निरन्तर योगदान पुर्‍याइरहेको छ।

स्थानीय तह र सहयोगी संस्थाबीचको सहकार्यमा सुरु गरिएको कृषि एम्बुलेन्स सेवाले हेलम्बु क्षेत्रका कृषकलाई बजारसँग जोड्दै स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.