२८ असोज २०८२, मङ्गलवार

बालेनले किसानलाइ फोहोरझै भनेकोमा एमाले निकट किसान महासंघको आपत्ति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले किसालाइ फोहोरझै भनेकोमा एमाले निकट अखिल नेपाल किसान महासंघले आपत्ति जनाएको छ । एक कविता मार्फत मेयर साहले "किसान झै फोहोर" भनेकोमा महासंघले एक प्रेस बिज्ञप्ति जारी गरेर आपत्ति जनाएको हो । 

महासंघका अध्यक्ष डा. प्रेमनाथ दंगालले जारी गरेको प्रेस बिज्ञप्तिमा "काठमाडौं महानगरपालिकाका मेयर श्री बालेन साहले आफ्‌नो फेसबुक स्टाटसमा किसानलाई अपमानित गर्ने गरी "किसानौँ फोहर" भनि दिइएको अभिव्यत्तिप्रति अखिल नेपाल किसान महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । मुलुकको प्रमुख र आधारभुत उत्पादक शक्तिका रुपमा रहेका आम किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुग्ने गरी दिइएको अभिव्यक्तिप्रति महासंघ घोर भत्सर्ना र निन्दा गर्दछ । काठमाडौं महानगरपालिकाको मेयरजस्तो जिम्मेबार पदमा आसिन व्यक्तिवाट यसप्रकारका अपमानजनक भनाई व्यक्त हुन खेदजनक छन् ।

मेयर साहलाई अभिलम्ब आफ्‌नो स्टाटस हटाउन र किसानसँग माफीमाग्न सूचित गरिएको छ । अन्यथा निज साहको विरुद्धमा महासंघले थप कदम उठाउने समेत चेतावनी दिन चाहन्छौ" भनिएको छ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.