दार्चुला । नेकपा एमाले दार्चुलाले लिपुलेक–कालापानी हुँदै भएको भारत-चीन व्यापार अस्वीकार्य भएको बताएको छ । (एमाले) दार्चुला जिल्ला कमिटी बैठकले लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापार सम्झौताप्रति अस्वीकार गरेको हो ।
भदौ ७ र ८ गते बसेको जिल्ला कमिटी बैठकले नेपालको अतिक्रमित भूमि प्रयोग गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो। बैठकपछि एमाले दार्चुला अध्यक्ष ज्ञानेन्द्र घर्तीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको सार्वभौमिकता र स्वाभिमानमाथि आघात पुर्याउने गरी भएको गतिविधि अस्वीकार्य छ।” जारी विज्ञप्तिमा थप भनिएको छ, “नेपाली भूमिमा कुनै पनि प्रकारको व्यापार, आवतजावत वा गतिविधि हुन सक्दैन। यो नेपालको सार्वभौम अधिकारमाथिको हस्तक्षेप हो।”एमालेले सरकारलाई तत्काल कूटनीतिक पहल गर्न र नेपालको भू-अधिकारको रक्षा गर्न ठोस कदम चाल्न आग्रह गरेको छ। साथै, यो घटनालाई सामान्यरूपमा नलिन चेतावनी दिँदै यसले भारत, चीन र नेपालको त्रिपक्षीय सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी पनि दिएको छ।दार्चुला एमालेले नेपाली जनता, नागरिक समाज, बुद्धिजीवी, युवा–विद्यार्थी सबैलाई राष्ट्रिय स्वाभिमानको रक्षा गर्न एकजुट हुन आह्वानसमेत गरेको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.