३१ साउन २०८२, शुक्रवार

मन्त्री दाहालद्वारा कोदारी- इको पहिरो नियन्त्रण गर्ने प्रतिबद्धता

३०, साउन, काठमाडौं  । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले तातोपानीको  कोदारी इको पहिरो नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।  लामो समाय देखि उक्त पहिरोको कारण आवागमनमा समस्या भएपछि सिन्धुपाल्चोकका नेता तथा जनप्रतिनिधिहरुसङ्गको भेटमा मन्त्री दाहालले सो प्रतिबद्धता जनाउनु भएको हो ।  त्यस  क्षेत्रका व्यवसायी, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिले पहिरो नियन्त्रणको लागि दवाव दिएपछि मन्त्री दाहालले उक्त प्रतिबद्धता गरेको एमाले केन्द्रिय सदस्य सरेश नेपालले  बताउनु भएको छ ।  भौतिक योजना मन्त्रालयले पहिरो नियन्त्रण गरी भदौ १५ भित्र सडक सुचारु गर्ने भनेको छ । 

  •  एमाले नेता नेपालले "बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल,सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैसी, भूगर्भविद् डा. रञ्जन दाहाल, स्थानीय जनप्रतिनिधि, विभिन्न दलका नेता तथा व्यवसायी सङ्घ–संस्थाका प्रतिनिधिबिच भएको विस्तृत छलफलपछि भदौ १५ भित्र सडक सुचारु गर्ने लगायतका पाँचबुँदै निर्णयहरू गरिएको"  बताउनु भएको छ । 

जमिनभित्र पानी प्रवेश हुन नदिन प्लास्टिक र त्रिपालले सतह ढाक्ने, विज्ञहरूको सुझावअनुसार जमिन भासिने मुख्य कारण भित्रको पानी भएकाले, प्रविधि प्रयोग गरी ड्रिलिङमार्फत पानी निकाल्ने, थप पहिरोको जोखिम रोक्न आवश्यक स्थानमा ग्याभियन वाल निर्माण गर्ने, सम्पूर्ण काम आगामी भदौ १५ गतेभित्र सम्पन्न गरी अरनिको राजमार्ग सञ्चालनमा ल्याउने र इको पहिरोलाई विपद् क्षेत्र घोषणा गरी आवश्यक स्रोत–साधनको दीर्घकालीन व्यवस्थापन गर्ने निर्णय भएको छ । इको क्षेत्रको समस्या सडक यातायात मात्र नभई वस्ती, व्यापार, पर्यटन र सीमापार व्यापारसँग प्रत्यक्ष जोडिएको विषय भएकोले राष्ट्रिय प्राथमिकतामा राखेर दीर्घकालीन रणनीति अपनाउन आवश्यक रहेको सहभागि भोटेकोशी गाउँपालिका वडा नम्बर २ का  वडाअध्यक्ष कुमार श्रेष्ठले बताउनु भएको छ सीमापार वणिज्य संघका बरिष्ठउपाध्यक्ष गंगाबहादुर घिमिरे 'सागर'का अनुसार सडक अवरुद्ध हुँदा चीनबाट ल्याइएका खाध्य सामग्री कुहिएका छन् । आपतकालीन सामग्री, औषधि तथा खाद्यान्न ढुवानी प्रभावित भएपछि भरियामार्फत बोकाएर सामान काठमाडौँ ल्याउने काम पनि भइरहेको छ ।  नेपाल हिमालय सीमापार वाणिज्य संघले यस अघि देखिनै उक्त पहिलो नियन्त्रणको लागि पहल गर्दै आएको अध्यक्ष रामहरि कार्कीले बताउनु भयो । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.