दुर्गा ओझा न्यौपाने, २७ साउ, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । प्रदेश सभा बैठकबाट उनले ११० सदस्य मध्येमा ६३ मत पाएका हुन ।।
बानियाँले कांग्रेसका ३७ मध्ये ३६ र एमालेका २७ गरी ६३ सांसदले विश्वासको मत दिएका छन् । कांग्रेसका सांसद रामकृष्ण चित्रकार अनुपस्थित भए । प्रदेश सभाको बैठकमा सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री बानियाँको विश्वासको प्रस्तावको पक्षमा ६३ र विपक्षमा २२ मत खसेको सदनलाई जानकारी गराए । उपस्थित भएका मध्ये ७ सांसद तटस्थ बसे भने काङ्ग्रेसका १ सहित १८ जना सांसद अनुपस्थित भएका थिए।
जम्मा ११० सदस्य रहेको बागमती प्रदेश सभामा मंगलबारको बैठकमा ९२ जना सांसद मात्रै उपस्थित थिए । प्रदेश सभामा सत्ता साझेदार दलहरु कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्। नेपाली काङ्ग्रेसकै बहादुर लामा पक्षको माग पुरा गर्ने प्रतिबद्धता पुरा गरेपछि विश्वासको मत दिएका थिए । लामा १४ सांसदको प्रतिनिधित्व गर्दै सोहि अनुसारको मन्त्री संख्या माग गरेका थिए । सो मागमा केन्द्रिय सभापति शेरबहादुर देउवाले माग पुरा गराउने जिम्मेवारी आफ्नो भएको भन्दै विश्वासको मत दिन भनेका थिए ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.