काठमाडौं । महाकाव्यकार डा. शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार प्रदान गरिएको छ । डाक्टर नेपाललाइ उक्त पुरस्कार नेपाल सरकारको मुख्य सचीव लिलादेवी गड्अतौलाले प्रदान गर्नु भएको हो ।
कविता, गीतिकाव्य, खण्डकाव्य, महाकाव्य, बालगीत, बालकथा, निबन्ध र समालोचना विधामा विभिन्न कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएका, स्मृतिग्रन्थ र पत्रिकाहरूको सम्पादन गर्नुभएका र पाठ्यपुस्तक पनि लेख्नुभएका डा. शैलेन्दुप्रकाश नेपाललाई २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ समर्पण गरिएको हो । पुरस्कार समर्पण गर्ने क्रममा पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौलाले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, पूर्वप्रशासक डा. इन्दुल केसीले उपहार, कोष व्यवस्थापककी बुहारी पूजा जोशीले भेटी र समाजसेवी सकुल थापाले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन कवि कृष्ण जोशीले गर्नुभएको थियो ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.