१८ साउन २०८२, शनिवार

हेलम्बु गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि शिलान्यास

हेलम्बु । हेलम्बु गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि शिलन्यास भएको  छ। एक कार्यक्रमका बीच हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पालिका भवनको शिलान्यास गर्नु भएको हो । 

प्यागोडा शैलीमा निर्माण हुने उक्त भवन कलात्मक र बौद्ध तथा हिन्दू धर्म झल्किने विभिन्न कलाकृतिहरू समावेश गरी आकर्षक देखिने गरी गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठले जानकारी बताउनु भयो । सुविधा सम्पन्न उक्त भवनको लागत २३ करोड १९ लाख लागत अनुमान रहेको छ । उक्त भवन विश्रान्ति निर्माण सेवाले १४ करोड २३ लाख ४६ हजार ५७१ रुपैयाँ २४ पैसामा आउँदो वर्षको पुष भित्रमा सम्पन्न गर्ने गरी गत असारमा सम्झौता भएको उक्त भवनको शिलान्यास गरिएको हो।

भवन साढे तीन तलाको हुने, हरियाली तथा रमणीय वातावरणको बीचमा सबैलाई पायक पर्ने र वडा नम्बर ३ बाहेक सबै स्थान देखिने उच्च स्थान वडा नम्बर २ बाहुन ढोडेनीमा बन्न लागेको उक्त भवन प्रशासनिक सहजता तथा अपाङ्गमैत्री बन्ने गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनु भयो ।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, उपाध्यक्ष अप्सरा लामिछाने, विभिन्न वडाका अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठ, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु तथा कर्मचारीहरू र स्थानीय लगायतको उपस्थितिमा शिलान्यास गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो  ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.