१५ जेठ २०८३, शुक्रवार

देशभक्ति गीत "भन्दिनुस यो देशले के पायो? "  सार्वजनिक

काठमाडौं । राष्ट्रप्रेम र समकालीन राजनीतिक विकृतिमाथि प्रश्न उठाउने देशभक्ति गीत "भन्दिनुस यो देशले के पायो? "  सार्वजनिक भएको छ । नेपाली समाज, राजनीति र राष्ट्रिय अवस्थामाथि प्रश्न उठाउने भाव बोकेको नयाँ देशभक्ति गीत “भन्दिनुस् यो देशले के पायो ?” सार्वजनिक भएको हो ।  गीतका रचनाकार प्रमोद भण्डारी हुन् भने गीतमा स्वर तथा संगीत सीडी विजय अधिकारी ले दिएका छन् । https://youtu.be/gstPvAbHrQQ?si=TOwyfZNA42t8dRaT 

गीतले पछिल्लो वर्षहरुमा देशमा भइरहेका राजनीतिक परिवर्तन, वैदेशिक प्रभाव, सामाजिक विघटन तथा राष्ट्रिय पहिचानमाथि उठिरहेका प्रश्नलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। “हिजो संधै  परिवर्तनको नारा घन्काएर, आफ्नै भूमिमा आफैले आगो दन्काएर, कस्ले के पाए ?” भन्ने भावमार्फत गीतले परिवर्तनका नाममा भएको हिंसा, अस्थिरता र जनताको निराशालाई उजागर गरेको छ।

गीतमा राष्ट्र निर्माता पृथ्वीनारायण शाह प्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय एकताको भावनालाई कमजोर बनाउने प्रवृत्तिमाथि पनि आलोचना गरिएको छ। “राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई नमान्नेहरू, विदेशी एजेन्डा बोक्नेहरू को कहाँ पुगे ?” भन्ने पंक्तिले राष्ट्रिय स्वाभिमान र नेपाली मौलिकताको बहसलाई पुनः केन्द्रमा ल्याउने प्रयास गरेको देखिन्छ।

त्यसैगरी गीतले अधिकारका नाममा कर्तव्य बिर्सिँदै गएको सामाजिक प्रवृत्तिमाथि पनि कटाक्ष गरेको छ। “कर्तव्य सबै भूलेर अधिकार मात्रै खोज्छौ भने, भन्दिनुस् यो देशले के पायो ?” भन्ने सन्देशमार्फत गीतले नागरिक जिम्मेवारी, नैतिकता र बलिदानको महत्व सम्झाउने प्रयास गरेको छ।

गीतमा नेपालको गौरवशाली इतिहास, संस्कृति र बलिदानी परम्परा बिस्तारै कमजोर बन्दै गएको चिन्तासमेत व्यक्त गरिएको छ। “च्यातिँदै छ इतिहासका गर्विला पानाहरू, नैतिकता र बलिदान बिर्सेर...” भन्ने भावले वर्तमान पुस्तालाई इतिहास र राष्ट्रिय पहिचानप्रति जिम्मेवार बन्न आग्रह गरेको छ।

देशप्रेम, राष्ट्रियता र सामाजिक चेतनाको सन्देश बोकेको यस गीतले नेपाली संगीत क्षेत्रमा नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ। सामाजिक सञ्जालमा समेत गीतको सन्देशलाई लिएर सकारात्मक प्रतिक्रिया आउने क्रम जारी रहेको जनाइएको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.