१५ जेठ २०८३, शुक्रवार

भूमेश्वरी विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट सहयोग, शैक्षिक सामग्री पनि हस्तान्तरण

सिन्धुपाल्चोक ।  पाँचपोखरी थाङपाल गाउँपालिका–६ मा रहेको श्री भूमेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्र्याकसुट तथा विद्यालयका लागि आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ। उक्त सहयोग Global Inclusive Adventure Organization ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरेको हो।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा संस्थाका प्रतिनिधिहरूलाई विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकहरूले खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै संस्थाकी प्रतिनिधि रञ्जिता ढुंगानाले संस्था शिक्षा, वातावरण संरक्षण र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय रहेको जानकारी दिनुभयो। उहाँले छात्रवृत्ति, पर्यटनसम्बन्धी तालिम र समुदाय विकासका विविध कार्यक्रम निरन्तर सञ्चालन भइरहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा मनमाया तामाङ, रञ्जिता ढुंगाना तथा समाजसेवी सुन्दर सापकोटाको उपस्थितिमा विद्यालयका ४३ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको थियो। त्यस्तै विद्यालयलाई २ वटा डस्टबिन, २ सेट खैजडी र २ वटा मादल समेत प्रदान गरिएको आयोजकले जनाएको छ।

सहयोग सामग्री पाएपछि विद्यार्थीहरू उत्साहित बनेका थिए। विद्यालय परिवारले यस्ता कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउने र शिक्षाप्रति थप आकर्षण सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा रहेको बताउनुभयो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.