१२ जेठ २०८३, मङ्गलवार

हेलम्बुका पाँच विद्यालयका १०२ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

हेलम्बु । हेलम्बु गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले एक विशेष कार्यक्रम आयोजना गरिएको छ। परिवर्तनका लागि सहकार्य नेपालको सहयोग तथा ‘प्रयत्न’ र ‘टिम परियोजना’ अन्तर्गत आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई विविध शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

महेन्द्र माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उद्धव लामिछानेले वडा नं. ६ र ७ का विद्यार्थीहरूलाई समेटेर गरिएको सहयोगप्रति खुसी व्यक्त गर्नुभयो। उहाँले अझै केही विद्यार्थी आर्थिक अभावका कारण ट्युसन शुल्क तिर्न नसक्ने अवस्थामा रहेको उल्लेख गर्दै आगामी दिनमा सबै विद्यार्थीलाई समेट्न सकिए अझ प्रभावकारी हुने धारणा राख्नुभयो।

कार्यक्रममार्फत परिवर्तनका लागि सहकार्य नेपाल ले महेन्द्र माध्यमिक विद्यालय, महेन्द्र आधारभूत विद्यालय, हरिसिद्धि आधारभूत विद्यालय, हेलम्बु बोधिसत्व मोडल स्कुल तथा इचोक माध्यमिक विद्यालयका गरी १०२ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ।

वितरण गरिएका सामग्रीमा विद्यालय झोला, कापी, कलम, पानी बोक्ने बोतल, छाता तथा विद्यालय पोसाकलगायतका आवश्यक सामग्री समावेश रहेका थिए।

नम्रता लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेलम्बु गाउँपालिका वडा नं. ६ का अध्यक्ष सन्चबहादुर तामाङ र वडा नं. ७ का अध्यक्ष निलबहादुर खड्का ले पनि मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्रालाई थप सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.