२६ वैशाख २०८३, शनिवार

सिडीईसीएफ नेपालमा रामजी थापाको नेतृत्वमा नयाँ कार्य समिति

सिन्धुपाल्चोक । यहाँ कृयशील सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल (सिडीईसीएफ नेपाल) को २७औँ वार्षिक साधारण सभा तथा ११औँ अधिवेशनले पुनः रामजी थापाको नेतृत्वमा  नयाँ कार्यसमिति चयन गरेको छ । यहि बैशाख २६ गते इन्द्रावती गाउँपालिका–७ सिपापोखरेस्थित केन्द्रीय कार्यालयमा आयोजित अधिवेशनले रामजी थापालाई पुनः अध्यक्षको जिम्मेवारी दिएको हो।

अधिवेशनबाट नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको संस्थाले जनाएको छ। नवगठित समितिको उपाध्यक्षमा ईश्वरीप्रसाद अधिकारी, महासचिवमा सरस्वती अधिकारी, सचिवमा नरेन्द्र आचार्य तथा कोषाध्यक्षमा लक्ष्मी कोइराला चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा मुरारीप्रसाद सापकोटा, मानबहादुर वयलकोटी, मने माझी र कुसुम दनुवार रहनुभएको छ।

संस्थाले डुमबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि गठन गरेको छ। उक्त समितिमा गणेशजंग शाही र रिता सापकोटा सदस्यका रूपमा चयन हुनुभएको छ।

यस्तै, पूर्वअध्यक्ष शारदाप्रसाद सापकोटाको नेतृत्वमा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। समितिमा केदारनाथ आचार्य, राधा सापकोटा, राधिका तिमल्सिना, सञ्चमाया तामाङ, गोपाल विक तथा रामप्रसाद श्रेष्ठ सदस्य रहनुभएको छ। अधिवेशनसँगै संस्थाको सामाजिक लेखा परीक्षण कार्यक्रमसमेत सम्पन्न गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै झम्कनाथ नेपाल ले संस्थाले सञ्चालन गरेका कार्यक्रमले विपन्न समुदायको आयआर्जन वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। उहाँले संस्थाको कार्यशैली पारदर्शी, व्यवस्थित र प्रभावकारी रहेको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय तथा जनमुखी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो।

साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदनसमेत सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.