१९ वैशाख २०८३, शनिवार

पोर्चुगलमा रहेका नेपालीले यसरी मनाए बुद्ध जयन्ती

सरस्वती गौतम , पोर्चुगल । २५७० औ बुद्ध जन्म जयन्तिको पावन अवसरमा नेपाल आदिवासी जनजाति महासघ , पोर्चुगलद्वारा आयोजित पुजापाठ, प्रवचन तथा ध्यान कार्यक्रमभव्यरुपमा सम्पन्न भएको छ  ।

महासंघले आयोजना गरेको कार्यक्रममा लामा गुरूहरू लामा फुरी, लामा पासाङ, लामा छिरिङ दोर्ज,लामा लोप्शाङ, लामा कोन्च्योद्वारा पुजापाठ, प्रवच र ध्यान गरिएको थियो।  कार्यक्रमको सभापतिको भुमिकामा  संस्थाका अध्यक्ष चोपकुमार मगरले गर्नुभएको थियो। प्रमुख अतिथिको रुपमा पोर्चुगलका लागि महामहिम नेपाली राजदूत प्रकाशमणि पौडेल पाल्नु भएको थियो। विशेष अतिथिमा नेपाली दूतावास लिस्बनका द्वितीय सचिव रामबाबु नेपाल रहनु भएको थियो । यसैगरी नेपाल आदिवासी जनजाति महासघ पोर्चुगलका संरक्षक परिषद प्रमुख  तथा पूर्ब पर्यटन दुत रमेश गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका संरक्षक परिषद सदस्य धनराज शेर्पा, एनआरएनए युरोप संयोजक तथा  नेपाल आदिवासी जनजाति महासघका प्रमुख सल्लाहकार रोबर्ट लिम्बू, नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका सल्लाहकार नेत्र गुरुङ ,नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका सल्लाहकार गोपाल योञ्जन, एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सुरज बिष्ट,एनआरएनए पोर्चुगलका महासचिव गुरु पेमा तामाङ, नेप्लिज वुमन एसोसिएसन पोर्चुगलका अध्यक्ष गीता रेउले, एनआरएनए पोर्चुगलका अध्यक्ष दीपा काफ्ले, प्रवाशी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष दिपक खत्री,ठकुरी समाज पोर्चुगलका अध्यक्ष सज्जन हमाल, शेर्पा किदुग पोर्चुगलका अध्यक्ष राजेन्द्र शेर्पा, नेवा समाज पोर्चुगलक अध्यक्ष अमृत रत्न शाक्य , मगर संघ पोर्चुगलका कार्यबाहक अध्यक्ष भरत बुढा मगर, थारु कल्याणकारिणी सभा पोर्चुगलका महासचिव अविनास चौधरी, किरात राई सोसाइटी पोर्चुगलका उपाध्यक्ष शिवराज राई, तामाङ समाज पोर्चुगलका अध्यक्ष कुमार सिं बल, तमु समाज पोर्चुगलका अध्यक्ष मिलन गुरुङ, लम्जुङ समाज पोर्चुगलका अध्यक्ष देबी घिमिरे, जनप्रगतिशिल मञ्चकका प्रतिनिधि नृपेश गिरी, नेप्लिज वुमन एसोसिएसन पोर्चुगलका महासचिव तथा साहित्यकार, पत्रकार सरस्वती गौतम,नेपाल पत्रकार महासंघ युरोपका उपमहासचिव तथा राससका संवददाता भरत प्रधान, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरू,तथा बुद्ध धर्म प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको कुशलता पूर्बक संचालन उपमहासचिव जुन तामाङले गर्नुभएको थियो। कार्यक्रममा बौद्ध धर्मगुरू फुरी शेर्पाले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशलगायत विषयमा प्रवचन दिनुभएको थियो।

 यसैक्रममा बुद्धजयन्तीको शुभकामना व्यक्त गर्दै पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले मानवजातिका लागि बुद्धका ज्ञान र शिक्षाहरू अमूल्य रहेको, बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई व्यावहारिक जीवनमा आत्मसात् गर्दै सत्कर्मको मार्गमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो।

विश्व शान्तिको कामना गर्दै बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देशहरू फैलाउने तथा बुद्धको प्रचार–प्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइएको महासङ्घका अध्यक्ष चोपकुमार रानामगरले बताउदै  बुद्ध जयन्तीलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।  कार्यक्रममा आउनुहुने सम्पूर्णलाई प्रसादको व्यवस्था महासंघले गरेको थियो।

बिदेशी भूमिमा रहेर पनि आफ्नो धर्म संस्कृति जोगाइ राख्न नेपाललाई विश्व सामु चिनारी राख्न आदिवासी जनजाति महासघ सधै तत्पर रहेको उपमहासचिव जुन तामाङले बताउनु भाएको छ ।


सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.