काठमाडौं । त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले एकैपटक पद त्याग गरेका छन्। उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी तथा रजिस्ट्रार केदारप्रसाद रिजालले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।
सरकारले अध्यादेशमार्फत् उनीहरूलाई पदमुक्त गर्ने तयारी अघि बढाइरहेका बेला यस्तो निर्णय सार्वजनिक भएको हो। रेक्टर केसीका अनुसार वर्तमान परिस्थितिमा सरकारलाई सहज बनाउन उनीहरूले मार्ग प्रशस्त गर्ने उद्देश्यले पद छाड्ने निष्कर्ष निकालेका हुन्।
नयाँ सरकार गठनपछि राजनीतिक नियुक्तिहरू खारेज गर्ने प्रावधानसहितको अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएपछि विश्वविद्यालयका पदाधिकारीहरू दबाबमा परेका थिए। आन्तरिक रूपमा केही समयदेखि नै “काम जारी राख्ने कि पद त्याग्ने” भन्ने विषयमा छलफल चलिरहेको र सरकारको संकेतपछि सामूहिक राजीनामामा सहमति जुटेको स्रोतले जनाएको छ।
यसअघि उपकुलपति केशरजंग बरालले पद छाडेपछि अर्याल २५ असार २०८२ मा उक्त जिम्मेवारीमा नियुक्त भएका थिए, जुन समयमा केपी शर्मा ओली प्रधानमन्त्री थिए। त्यस्तै, रेक्टर केसी र रजिस्ट्रार रिजाल भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा नियुक्त भएका थिए। यद्यपि त्रिविका पदाधिकारीहरूको कार्यकाल चार वर्षको हुने व्यवस्था रहे पनि सरकारले ल्याउन लागेको अध्यादेशले पदमै बसिरहन कठिन हुने देखिएपछि उनीहरूले पदत्याग गरेका हुन्। उता, राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशबारे अध्ययन गरिरहेको जनाइएको
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.