१९ फागुन २०८२, मङ्गलवार

बागमती प्रदेशका १३ प्रादेशिक अस्पताललाइ २४सै  घण्टा तयारी अवस्थामा रहन निर्देशन

हेटौँडा ।  प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशले सम्भावित तथा अनपेक्षित घटनाहरूको प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्न विशेष तयारीका लागि निर्देशन जारी गरेको छ। मन्त्रालयले प्रदेशका सबै १३ वटै प्रादेशिक अस्पताल तथा सम्बन्धित निकायलाई निर्वाचन अवधिभर २४ सै घण्टा तयारी अवस्थामा रहन आग्रह गरेको हो । सोअनुसार प्रत्येक अस्पतालमा Election Medical Task Force गठन गरी आवश्यक जनशक्ति, औषधि, उपकरण तथा आपतकालीन सेवा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

निर्वाचनसँग सम्बन्धित हुन सक्ने कुनै पनि अनपेक्षित घटनाबाट घाइते हुने व्यक्तिहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशले निर्वाचन अवधिभर स्वास्थ्य सेवा प्रभावकारी, सुलभ तथा गुणस्तरीय रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै सबै स्वास्थ्य संस्थालाई सतर्कता अपनाउन आग्रह गरिएको  स्वास्थ्य सचिव  डाक्टर सुमित्रा गौतमले बताउनु भएको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.