२२ माघ, भोटेकोसी, सिन्धुपाल्चोक । एमाले नेता एवं सिन्धुपाल्चोक १ का उम्मेदवार सरेश नेपालको प्रमुख आतिथ्यतामा भोटेकोसी गाउँपालिका परिचालन कमिटीले पूर्णता पाएको छ । यस अघि गठन भएको संयोजक , सहसंयोजक र सचिबलाइ भोटेकोसीमा भएका सबै जिल्लाकमिटी, जनसंगठनका प्रतिनिधिहरुलाइ समेटेर निर्वाचन परिचालन कमिटीले पुर्णता दिएको हो । यस अघि प्रदेश कमिटी सदस्य एवं प्रदेशकमिटी बाट भोटेकोसी इन्चार्ज आङछिरी शेर्पा संयोजक, अमृतकुमार खड्क सह संयोजक र भोटेकोसी कमिटी अध्यक्ष सुन्तलीमाया लामा सचिब घोषण भएको थियो । बुधबार भएको भोटेकोसी निर्वाचन परिचालन कमिटीको सचिवालयको बैठकमा स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । सोहि बैठक बाट वडहरुमा र जनसंगठनहरुमा परिचालन कमिटी गठन भएको छ ।
त्यसैगरी एमाले उम्मेदवार सरेश नेपालको उपस्थितिमा बाह्रबिसे नगरपालिका वडा नम्बर ५ को पनि निर्वाचन परिचालन कमिटी गठन भएको छ । वडा नम्बर ५ का नेता कार्यकर्ताको जम्बुमा भएको भेलाबाट वडा निर्वाचन परिचालनकमिटी बनेको हो ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.