माघ १७, काठमाडौं । नेपाली लेखक संघको केन्द्रिय समितिले सहिद दिवसको अवसर पारेर काठमाण्डौंस्थित गोकर्ण सहिद पार्कमा शनिबार विशेष साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। रचना वाचन तथा बनभोजसहित आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी साहित्यकारहरूले आ–आफ्ना सृजनाहरू प्रस्तुत गरेका थिए।
सहिद दिवसको ऐतिहासिक महत्वलाई उजागर गर्दै साहित्यका माध्यमबाट सहिदहरूप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहिदको त्याग, राष्ट्रप्रेम, स्वतन्त्रताको भावना तथा सामाजिक न्यायलाई केन्द्रमा राखेर लेखिएका विभिन्न साहित्यिक रचनाहरू वाचन गरिएको थियो।
संघका सचिवालय सदस्य सन्तोष बोहराका अनुसार कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो। साथै उहाँले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संघले आयोजना गर्न लागेको आगामी कार्यक्रमसम्बन्धी विवरण छिट्टै सार्वजनिक गरिने जानकारी पनि दिनुभयो।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.