१५ माघ २०८२, बुधवार

महिलाहरुमा चुनावी छलफल, परिचालन कमिटी गठन

माघ १४, जडिबुटी, काठमाडौं । अखिल नेपाल महिला संघ, दोलखाको समन्वयमा प्रतिनिधि सभाका उम्मेदवार तथा नेकपा एमालेका नेता पार्वत गुरुङसँग काठमाडौँमा विभिन्न पेशा तथा व्यवसायमा संलग्न, नेकपा एमालेका विभिन्न तहमा संगठित तथा अगुवा महिलाहरूको उपस्थितिमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी महिलाहरूले आगामी निर्वाचनको सन्दर्भमा आफ्ना धारणा, सुझाव तथा भूमिका बारे खुला रूपमा छलफल गरेका थिए। अन्तरक्रियापछि महिलाहरूको सक्रिय सहभागितामा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।काठमाडौं केन्द्रित परिचालन कमिटीको संयोजकमा सरिता सिवाकोटी  चयन हुनुभएको छ। कमिटीले आउँदो फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी काठमाडौँमा रहेका दोलखाली महिला मतदाताहरूलाई संगठित तथा परिचालित गर्ने निर्णय गरेको जनाइएको छ।

अखिल नेपाल महिला सङ्ग दोलखाकी अध्यक्ष मेनुका सुबेदीले महिला मतदाताहरु बढि रहेकाले निर्वाचनमा महिलाकाे भुमिका रहने बताउनु भएको छ ।  कार्यक्रममा बोल्दै उम्मेदवार गुरुङले महिलाहरूको सक्रिय सहभागनाबिनाको निर्वाचन सफलता सम्भव नहुने उल्लेख गर्दै पार्टीको नीति, कार्यक्रम र उम्मेदवारीलाई घरघरमा पुर्‍याउन महिलाहरूको भूमिका निर्णायक हुने बताउनुभयो।

अन्तरसंवाद कार्यक्रममा सहभागी महिलाहरूले आगामी निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित गर्न एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.