६ माघ २०८२, सोमवार

सिंहदरबार वैद्यखानाको औपचारिक निरीक्षण

माघ ५,काठमाडौं ।  बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमको नेतृत्वमा सिंहदरबार वैद्यखानाको औपचारिक निरीक्षण भएको छ।

निरीक्षण कार्यक्रममा आयुर्वेद औषधि उत्पादन केन्द्रका प्रमुख डा. सुरेश महर्जन तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं र ललितपुरका कार्यालय प्रमुखको समेत उपस्थिति रहेको थियो।

निरीक्षणका क्रममा बागमती प्रदेशभित्र सर्वसाधारणलाई गुणस्तरीय आयुर्वेद औषधि उपलब्ध गराउने उद्देश्यले सिंहदरबार वैद्यखानासँग समन्वय गर्दै आगामी दिनमा कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.