३ माघ २०८२, शुक्रवार

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

माघ २, सुकुटे, सिन्धुपाल्चोक । सुकुटे क्षेत्रमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार आज दिउँसो करिब १२:३० बजे चौतारा साँगाचोकगढी नगरपालिका–१०, सुकेटे स्थित अरनिको राजमार्गमा दुर्घटना भएको हो। बलेफीबाट बन्देउतर्फ गइरहेको बा.प्र. ०२–०२२ प ४७५४ नम्बरको मोटरसाइकलले सोही दिशामा अगाडि गुडिरहेको बा.प्र. ०२–०१७ प ९५२८ नम्बरको मोटरसाइकलको पछाडिबाट ठक्कर दिएपछि अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।

दुर्घटनामा बा.प्र. ०२–०२२ प ४७५४ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ निवासी २३ वर्षीय सन्तोष गुवाजु गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सिन्धुसदावहार अस्पताल लगिएको भए पनि दिउँसो १:०० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार दुर्घटनासँग सम्बन्धित दुवै मोटरसाइकल तथा बा.प्र. ०२–०१७ प ९५२८ नम्बरका चालक प्रहरी नियन्त्रणमा रहेका छन्। घटनास्थलमा यातायात आवागमन भने सामान्य रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.