१८ पुष २०८२, शुक्रवार

साझा पावरलाई स्थानीयको तीन दिनमा सम्वोधन गर्न तीनबुँदे माग

चौतारा , १८ पुष । सिन्धुपाल्चोक जिल्लाको वलेफी गाउँपालिका अन्तर्गत निर्माणाधीन तल्लो वलेफी हाइड्रोपावर आयोजना (साझा पावर) विगत दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहे पनि प्रभावित क्षेत्र र समुदायसम्बन्धी स्पष्ट मापदण्ड नबनाई मनोमानी रूपमा निर्माण कार्य अघि बढाइएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । स्थानीय सरकार तथा सम्बन्धित कम्पनीले आयोजनाबाट प्रभावित समुदायले पाउनुपर्ने अधिकार, दायित्व तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका सेवा–सुविधाप्रति बेवास्ता गरेको आरोप स्थानीयवासीको छ । यसप्रति गम्भीर ध्यानाकर्षण गराउँदै संघर्ष समितिले लालकाजी तामाङ र सुरज तामाङको नेतृत्वमा तीन बुँदे मागपत्र  पेश गरेको छ ।

आयोजनाले बलेफी गाउँपालिकाको सबैवडालाई प्रभावित क्षेत्र घोषणा गरि आयोजना निर्माणमामा लाग्नुपर्ने, स्थानीय सरकार र स्थानीय प्रभावितको समन्वयमा काम अगाडी बढाइनुपर्ने र प्रभावित क्षेत्रलाई दश प्रतिशत निशुल्क शेयर उपलब्ध गराउन माग गरिएको छ । संघर्ष समितिले मागपत्र वलेफी गाउँपालिका, तल्लो वलेफी हाइड्रोपावर आयोजना (साझा पावर), जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, इलाका प्रहरी कार्यालय जलबिरे लगायतका निकायहरूमा बुझाएको जनाएको छ । स्थानीयले तीन दिनभित्र मागहरू सम्बोधन नगरिए थप कडा आन्दोलनका कार्यक्रम अघि बढाइने ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

यस्तो छ ज्ञापन पत्रको पुर्ण पाठ

प्रस्तुत विषयमा वागमति प्रदेश, सिन्धुपाल्चोक जिल्ला, चौतारासाँगाचोक गढी नगरपालिका वडा नं. २, फलाम साँघु र बलेफी गा.पा. वडा नं. १ टारी बजारमा बाँध बाँधी निर्माणाधिन तल्लो बलेफी जलविद्युत आयोजना (साझा पावर कम्पनी लि.) विगत २ वर्ष देखी निर्माणाधिन अवस्थामा रहेको छ। कम्पनीले हालसम्म नेपाल सरकार, स्थानिय सरकार विच समझारी भएको आधारभुत न्यूनतम सहमतीहरु... जस्तो कम्पनीको क्षेत्राधिकार भित्र पर्ने प्रभावित क्षेत्रको दायरा के कति हुने, कुन कुन ठाउँसम्मलाई सेवा क्षेत्र निक्र्यौल गर्ने समझदारी भएको देखिएन। आयोजनाको कामसँगसँगै प्रभावित क्षेत्रमा समुदायको आवश्यक्ता पहिचान गरी समुदायले माग गरेको केही योजनाहरु आयोजना कम्पनीले दिनुपर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत वहनगर्ने रकम बाट गरिने कार्यहरु हालसम्म शुरुवात नभएको हुँदा कम्पनीको कामसँगसँगै सामाजिक काम शुरु हुनुपर्छ भन्ने बोध नभएको देखियो। तथापी आयोजनाको अलावा समुदायले माग गरेको मागहरु यथाशिघ्र सम्बोधन नगरेमा आजैको मितिवाट लागु हुने गरी ३ दिन भित्र माग सम्बोधन नभएमा वा गराउन नचाहेमा निर्माणाधिन आयोजनाको सम्पूर्ण काम कार्य ठप्प पार्नेसम्मको गतिविधि प्रारम्भ हुनेछ ।

मागहरु

१) तल्लो बलेफी जलविद्युत आयोजना (साझा पावर कम्पनी लि.) ले हाल तोकिएको प्रभावित क्षेत्र बलेफी गा.पा. वडा नं. १ देखि ५ सम्मलाई मात्र तोकिएको हुँदा यस पालिकामा रहेको आठै वडालाई समेट्‌ने गरी ६, ७ र ८ लाई पनि प्रभावित क्षेत्र घोषण गर्नु पर्नेछ साथै १ देखि ५ वडासम्मको प्रभावित क्षेत्रले प्राप्त गरेको सेवा सुविधा सो सरह सेवा सुविधा र रोजगार सृजना गर्नु पर्नेछ ।

२) तल्लो बलेफी जलविद्युत आयोजना (साझा पावर कम्पनी लि.) आयोजनाको कामसँगसँगै सामाजिक कार्यहरु प्रारम्भगर्नुपर्ने छ । जस्तो शिक्षा, स्वास्थ्य, यातायात र विकास आयोजनाका कामहरु आवश्यकता पहिचात गरी सामाजिक उत्तर दायित्व अन्तर्गत वहनगर्ने रकम र केही कम्पनीले थप गरी स्थानीय सरकार, आयोजना कम्पनी र संघर्ष समितिको समझदारीमा सामाजिक कार्यहरु अगाडी बढाउनु पर्नेछ ।

३) तल्लो वलेफी जलविद्युत आयोजना (साझा पावर कम्पनी लि.) प्रभावित क्षेत्र भित्रका सम्पूर्ण वासिन्दालाई १०% निःशुल्क पब्लिक शेयर उपलब्ध गराउनुपर्नेछ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.