११ पुष २०८२, शुक्रवार

पेपरलेस बन्दै सिन्धुली अस्पताल,  सचिव डा सुमित्रा गौतमलाई सम्मान

काठमाडौं । अब सिन्धुली अस्पताल पेपरलेस हुने भनेको छ । प्रदेश सरकार मातहत रहेको उक्त अस्पतालमा पेपरलेस प्रविधिको उद्घाटन गरेपछि अब पेपरलेस बन्ने भनेको हो । सो अवसरमा  पूर्व मेडिकल सुपरिटेन्डेन्ट समेत रहेकी डा गौतमलाई तत्कालीन समयमा पुर्याएको योगदान र सचिव भएपछि पनि सिन्धुली अस्पतालको विकासमा गरेको साथ र सहयोगका लागि अस्पताल परिवार एवं नागरिक समाजको तर्फबाट अभिनन्दन गरिएको छ ।

बिहिवार मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले पेपरलेस प्रविधिको उद्घाटन गर्नु भएको हो ।  प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेपरलेस प्रविधिको उद्घाटन गर्दै सिन्धुली अस्पतालमा कागजरहीत सेवा शुभारम्भ भएको घोषणा भएको छ ।अब बिरामीको पूर्जा देखि सबै रिपोर्ट अब अनलाइन हुने भएको हो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश मातहतका १३ वटै अस्पताललाई कागजरहीत गर्ने जानकारी गराए । सिन्धुली पछि भक्तपुर, नुवाकोट हुँदै सबै प्रादेशिक अस्पताललाई यसै आर्थिक वर्ष भित्र पेपरलेस बनाउने मन्त्री थापाले बताउनु भएको छ।

सोहि कार्यक्रममा स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउन र अस्पताल-बिरामी बीचको सम्बन्ध बढाउन यसले मद्दत गर्ने स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतम बताउनु भयो ।   अस्पतालको पूर्व मेडिकल सुपरिटेन्डेन्ट समेत रहनुभएकी डा गौतमलाई तत्कालीन समयमा पुर्याएको योगदान र सचिव भएपछि पनि सिन्धुली अस्पतालको विकासमा गरेको साथ र सहयोगका लागि अस्पताल परिवार एवं नागरिक समाजको तर्फबाट अभिनन्दन गरिएको हो ।

उहाँको कामको कदर स्वरुप सम्मान पत्रसहित अभिनन्दन गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले बताउनु भएको छ । डा. गौतमको नेतृत्वमा नै सिन्धुली अस्पताल सय शैयामा बिस्तार भएको थियो । रिफर सेन्टरको रुपमा रहेको सिन्धुली अस्पताललाई सेवा थप र गुणस्तर वृद्धि गरि  २०७४ मा पहिलोपटक बागमती प्रदेशकै उत्कृष्ट अस्पताल बनेको थियो । 

डाक्टर गौतमले २०७७ मा भक्तपुर अस्पताललाई पनि बागमती प्रदेशको उत्कृष्ट अस्पताल बनाउन सफल हुनुभएको थियो । भक्तपुरले भने सो बिरासत कायमै राखेको छ ।

हाल बागमती प्रदेशमा स्वास्थ्य मन्त्रालयको सचिव रहनुभएकी डा गौतम चिकित्सकको तर्फबाट पहिलो प्रदेश सचिव हुनुहुन्छ । संघीय मन्त्रालय अन्तर्गत ११ औं तहकी कर्मचारी डा गौतम महिला तथा प्रसुती रोग विशेषज्ञ पनि हुनुहुन्छ । 


सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.