२६ मंसिर, काठमाडौं । बलेफी गाउँपालिकाले राजधानी काठमाडौँमा बसोवास गर्दै आएका आफ्ना नागरिकहरूलाई लक्षित गर्दै राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले मंसिर २२ गतेदेखि भक्तपुर थिमिमा रहेको थिमी व्याङ्क्वेटमार्फत सेवा प्रदान गरिरहेको हो । गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङका अनुसार वडागत रुपमा वितरण प्रक्रिया सञ्चालन गरिएको छ । मंसिर २२ — वडा नं. १ र २, मंसिर २३ — वडा नं. ३ र ४, मंसिर २४ — वडा नं. ५ र ६, मंसिर २५ — वडा नं. ७ र ८, मंसिर २६ — सबै वडाका छुटेका नागरिकका लागि विशेष वितरणको कार्यक्रम गाउँपालिकाले तय गरेको हो ।
बलेफी गाउँपालिका पञ्जिकरण शाखाका प्रमुख पूmर्वा तामाङका अनुसार मंसिर २५ गतेसम्म करिब ५ सय नागरिकलाई परिचयपत्र वितरण गरिसकिएको छ । वडा नं. ६ का अध्यक्ष तेजबहादुर पराजुलीका अनुसार २०८० बैशाखसम्म जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक तथा गाउँपालिकाका आठ वटै वडामा फोटो खिचाएका सबैको परिचयपत्र गाउँपालिकाले उपलब्ध गराएको हो । राजधानीमै बस्ने नागरिकलाई सहजताका लागि थिमी व्याङ्क्वेटबाट वितरण गरिएको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । राजधानीमा बसोवास गर्ने नागरिकलाई राजधानीबाटै सेवा लिन सक्ने वातावरण तयार गरिएको उहाँले जानकारी दिनुभयो । परिचयपत्र लिनकै लागि नागरिकले वडा वा गाउँपालिका धाउनु नपरोस् भनेर यो सेवा व्यवस्था गरिएको उहााले जानकारी दिनुभयो ।
यस्तै, वडा नं. ७ का अध्यक्ष गृविन्द्र चौलागाईले २५ गतेसम्म सबै वडाको वितरण कार्य सम्पन्न भइसकेको जानकारी दिंदै छुटिएका सबै नागरिकलाई मंसिर २६ गते अनिवार्य रुपमा परिचयपत्र लिन आग्रह गर्नुभयो । वडा नं. ८ का अध्यक्ष रमेश श्रेष्ठले नागरिकलाई सहज सेवा उपलब्ध गराउन स्थानीय सरकारले अधिकतम लचकता अपनाएर सेवा प्रवाह गरिरहेको बताउनुभयो । गाउँपालिकाले परिचयपत्र नलिएका सबै नागरिकलाई मिति २०८२ मंसिर २६ गते थिमी व्याङ्क्वेटमा उपस्थित भई आफ्नो राष्ट्रिय परिचयपत्र बुझ्न आग्रह गरेको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.