२१ मंसिर २०८२, शनिवार

हिउँदमै सडक बनाउन माग गर्दै सडक अवरुद्ध

मंसिर २०, तातोपानी । यहाँका स्थानीयले समयमै सडक बनाउन माग गर्दै सडक अवरुद्ध गरेका छन । अरनिको राजमार्गको बाह्रबिसे तातोपानी सडक खण्डको कोदारी इको पहिरोमा हिउँदमा नै सडक बनाउन माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन । स्थानीय शेरबहादुर थापामगरले सडक मर्मत तथा निर्माणको लागि छुट्याएको बजेटको काम समयमै गरेर काम सक्न माग गरिएको बताउनु भयो । जब वर्षा  लाग्छ तब सडक बनाउन थाल्ने अनि थप पहिरोको जोखिम मोल्न पर्ने अवस्थाबाट मुक्त हुनको लागि यस खाले माह गरिएको उहाँको भनाइ छ । सडक जाम गर्नु अघि सडक बिभाग,  स्थानीय प्रशासन, राजनीति दलहरुलाइ पनि जानकारी गराइएको थियो ।  स्थानीयले गरेको सडक जामलाइ तातोपानी नाका हुदै ब्यापार गर्ने व्यवसायीहरुको पनि समर्थन रहेको बुझिएको छ । तातोपानीको कोदारीइको पहिरोमा वर्षाको बेला सडक बनाउन लाग्दा गाउँनै बग्ने भेएकोले पनि हिउँदको सुरुदेखिनै सडक बनाउन माग गरेको स्थानीयको भनाइ छ । स्थानीयको माग सम्बोधन नभएसम्म सडक जाम गर्ने भनिएको छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.