काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यालय प्रमुखलाइ आज १८ गते शनिबार नै संबंधित कार्यक्षेत्रमा पुग्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निर्देशन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित कार्यक्षेत्रमा पुगेर सतर्कता अपनाउन , पुर्व तयारी गर्न निर्देशन दिएको हो । सो मन्त्रालयबाट जारी गरिएको अत्यन्त जरुरी सूचनामा "जल तथा मौसम विज्ञान विभागका अनुसार २०८२ असोज १७ देखि २० गते सम्म देशका विभिन्न भागहरूमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको हुंदा आ-आफ्नो मन्त्रालय अन्तर्गतका जिल्ला स्थित कार्यालय प्रमुखहरूलाई २०८२ असोज १८ गते सम्ममा अनिवार्य रूपमा कार्यस्थल पुगी सक्ने व्यवस्था मिलाउनु हुन तथा सोही अनुसार सतर्कता अपनाउन, पुर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन हुन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयवाट निर्देशन प्राप्त भएको हुंदा सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न/गराउन हुन अनुरोध छ" भनिएको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.