१८ असोज २०८२, शनिवार

सबै सवारी साधनलाइ काठमाडौं भित्रन र बाहिरीन निषेध

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सबै सवारी साधनलाइ  काठमाडौं भित्रने र काठमाडौं बाट बाहिरिन निषेध गरेको छ । 

प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको सम्बन्धी एक सूचना जारी गरेर सबै सवारी साधनलाइ काठमाडौं भित्रन र बाहिरीन निषेध गरेको हो । 

जारी सूचनामा "जल  तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार यही असोज १८-२० गतेसम्म पूर्वमा कोशी प्रदेशदेखि पश्चिममा लुम्बिनी प्रदेशसम्म चटपाइसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। केही स्थानमा भारी वपदिखि अति धेरै भारी वर्षा हुनसक्ने संभावना रहेको छ।

भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसवाट उत्पन्न हुने सक्ने संभावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, वागमती, गण्डकी र लुम्विनी प्रदेशका सबै जिल्लावाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारी साधन आवतजावत मिति २०८२ असोज १८, १९ र २० गतेका लागि वन्द गरिएको बेहोरा निर्देशानुसार जानकारी गराइन्छ।

उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/वाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्नु हुन अनुरोध गरिन्छ।

लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन चलाउन रोक लगाइएका कारण यात्रु महानुभावहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद् सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरु रेडियो, टेलीभिजन, अनलाइन संचार माध्यम, सामाजिक संजाल लगायतबाट प्राप्त गर्नु हुन समेत सूचित गरिन्छ" भनिएको छ ।

त्यसैगरी धेरै जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेर विभिन्न सडकमा सवारी साधन नचलाउन अनुरोध गरेको छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.