७ असोज २०८२, मङ्गलवार

टिपर संचालनमा रोक लगायो जिल्ला प्रशासन कार्यालय काभ्रेले

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले असोज  २२ गते सम्म अरनिको राजमार्ग र बिपी राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएकोछ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेर असोज ६ गतेदेखि २२ गते सम्म टिपर चलाउन रोक लगाएको हो । जारी सूचनामा "महान चाड बडा दशैं, २०८२ पर्वको अवधिभर यस जिल्लाको वि.पी. राजमार्ग, अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन सक्ने सम्भावित दुर्घटनाहरूलाई न्यूनीकरण गर्न र आम नागरिकको आवागमनलाई सहज बनाउनका लागि देहाय बमोजिमको निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । जिल्ला सुरक्षा समितिको मिति २०८२।०५। ३० गतेको निर्णयानुसार मिति २०८२।०६।०६ गतेदेखि २०८२।०६।२२ गतेसम्म (घटस्थापनादेखि पूर्णिमासम्म) जिल्ला भित्र टिपर सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ । यस अवधिमा टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिनेछ । साथै, अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारी साधनहरूलाई भने यो नियम लागू हुने छैन। प्रशासन कार्यालय आम नागरिकको सुरक्षित र सहज यात्राका लागि सदैव कटिबद्ध छ" भनिएको छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.