सिन्धुली । निर्माण व्यवसायी संघ सिन्धुलीमा नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न अधिवेशनले उद्धव प्रसाद दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । संघको ९औं जिल्ला अधिवेशनबाट प्रथम उपाध्यक्षमा फडिन्द्र पोखरेल/पहाडी द्वितीय उपाध्यक्षमा दिनेश कुमार दाहाल, महासचिवमा श्रीलाल माझी, कोषाध्यक्षमा रुम बहादुर राई, सचिवमाकिरण राज लामा, सह-कोषाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ, सदस्यहरु:- कुशल पोखरेल, दिपक कुमार थापा, धन बहादुर थिङ, मदन बहादुर खड्का, सुर्य बहादुर तामाङ, सरिता राइ, सुनिता गजुरेल, टेक बहादुर मानन्धर ,युग बहादुर योन्जन, डम्बर बहादुर बि क चयन भएका छन । माओवादीसम्बद्ध दाहालले १२९ मत प्राप्त गर्दै कांग्रेस निकट तुलसीनाथ श्रेष्ठलाई पराजित गरेका हुन्। श्रेष्ठले ८१ मत पाएका थिए। अध्यक्षसहित दाहाल पक्षका अधिकांश उम्मेदवार पदाधिकारीतर्फ पनि विजयी भएका छन्। प्रथम उपाध्यक्षमा फडिन्द्र पोखरेल १०४ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी तेजबहादुर श्रेष्ठले १०२ मत पाए । द्वितीय उपाध्यक्षमा दिनेश दाहाल १३४ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी रमेश कुँवर ६९ मतमा सीमित भए। महासचिवमा श्रीलाल माझी निर्विरोध निर्वाचित भएका थिए । कोषाध्यक्षमा रुमबहादुर राई १३६ मतसहित विजयी भए भने दिल्लीबहादुर श्रेष्ठले ७१ मत पाए। सचिवमा किरणराज लामा १०८ मत ल्याएर निर्वाचित भए भने पवन कटुवाल ९२ मतमा पराजित भए। सह–कोषाध्यक्षमा श्रेष्ठ समुहका चन्द्रप्रकाश श्रेष्ठ १२२ मत प्राप्त गरी विजयी भए भने दाहाल समुहका मनोजकुमार स्याङ्तानले ९१ मत ल्याएका छन ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.