१४ माघ २०८२, मङ्गलवार

ललितपुर–३ का सन्दन थापामगर, सबैको साझा रोजाइका उम्मेदवार

डा. टिका ढकाल , माघ १३, ललितपुर 

ललितपुर निर्वाचन क्षेत्र नं. ३ मा आज एउटा दुर्लभ सहमति देखिन थालेको छ.।राजनीतिक आस्थाभन्दा माथि उठेर धेरैले एउटै नामलाई सम्भावनाको रूपमा हेर्न थालेका छन्। त्यो नाम हो, नेकपा (एमाले) का युवा नेता सन्दन थापा मगर। उनी केवल पार्टीका उम्मेदवार होइनन्, समाजका विभिन्न तह, वर्ग र पुस्ताले रुचाएको साझा प्रतिनिधिका रूपमा उभिँएकाछन्। यही कारण प्रतिनिधिसभा सदस्यका रूपमा सन्दनको उपस्थितिलाई आज ललितपुर–३ ले आवश्यक ठानिरहेको छ।

सन्दन थापा मगरको राजनीतिक पहिचान उनको भाषणले होइन, उनले गरेका कामले बनाएको छ। झम्सिखेल युथ क्लबको नेतृत्व, धार्मिक–सांस्कृतिक संस्थाको व्यवस्थापन, सामुदायिक एकता र सामाजिक स्मृतिको संरक्षणमा उनको भूमिका निरन्तर देखिँदै आएको छ। अरुण थापाको शालिक स्थापना जस्तो कामले देखाउँछ।उनी विकासलाई केवल कंक्रिट र बजेटमा सीमित गर्दैनन्, संस्कृति, भावना र पहिचानलाई पनि राष्ट्र निर्माणको आधार मान्छन्। यही सोच आधुनिक नेपाललाई चाहिने नेतृत्वको विशेषता हो।

आधुनिक नेपालको परिकल्पना सडक र भवनमा मात्र सीमित हुँदैन, त्यो शिक्षा, स्वास्थ्य, रोजगारी र मानवीय गरिमासँग गाँसिएको हुन्छ। सन्दनले शिक्षा क्षेत्रमा गुणस्तर र समान पहुँचलाई जोड दिनुपर्छ भन्ने मान्यता राख्छन । सरकारी विद्यालय सुदृढ, सीपमुखी शिक्षा विस्तार र युवालाई विदेशिन बाध्य नबनाउने नीति उनको सोचको केन्द्रमा छ। स्वास्थ्य सेवा जनताको पहुँचमा, सम्मानजनक र उत्तरदायी हुनुपर्छ भन्ने धारणा उनले समुदायस्तरमै अनुभव गरेका छन्, जसले उनको दृष्टिलाई व्यवहारिक बनाएको छ।

ललितपुर–३ जस्तो शहरी–ग्रामीण मिश्रित क्षेत्रमा खानेपानी, ढल, ट्राफिक, आवास र पर्यावरण सन्तुलन गम्भीर चुनौती हुन्। सन्दन यी विषयलाई मन्त्रालयको कागजबाट होइन, स्थानीय जीवनबाट हेर्छन्। अव्यवस्थित शहरीकरणलाई नियमन गर्दै सांस्कृतिक बस्ती जोगाउने, खोकना–बुङमतीजस्ता ऐतिहासिक क्षेत्रलाई पर्यटन र स्थानीय अर्थतन्त्रसँग जोड्ने, युवालाई यहीँ रोजगारी सिर्जना गर्ने,यी सबै उनको आधुनिक नेपाल निर्माणको खाका भित्र पर्छन्।

प्रतिनिधिसभा सदस्य केवल कानून पास गर्ने व्यक्ति होइन, जनताको आवाज बोकेर राज्यलाई झकझक्याउने प्रतिनिधि हो। सन्दन थापा मगरले मानिसको सानो दुःखदेखि ठूला संरचनागत समस्यासम्म सुन्ने र बोल्ने संकल्प लिएका छन्। यही कारण उनी युवाले भरोसा गरेको, अभिभावक पुस्ता र छोराछोरी पुस्ताले  सहज मानेको र समुदायले अपनत्व महसुस गरेको नेता बन्दैछन्।

आज ललितपुर–३ ले भावनात्मक उक्साहट होइन, विवेकपूर्ण प्रतिनिधित्व खोजिरहेको छ। राजनीति प्रयोगशाला होइन, समाधानको माध्यम हुनुपर्छ भन्ने चेतनासँग सन्दन थापा मगरको उम्मेदवारी मेल खान्छ। नेकपा (एमाले) को नीति, राष्ट्रिय दृष्टि र संगठनात्मक अनुभवसँगै स्थानीय समाजको नाडी समातेका सन्दन प्रतिनिधिसभामा पुगे भने, ललितपुर–३ को आवाज बलियो, सन्तुलित र प्रभावकारी हुनेछ। यही विश्वासका कारण आज उनी सबैले रुचाएका उम्मेदवारका रूपमा स्थापित हुँदैछन्। लेखक डा टीका ढकाल एमालेको केन्द्रिय सदस्य हुनुहुन्छ

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.