९ पुष २०८२, बुधवार

यस्तै हर्कत भैरहे राजनीतिक सकृयता बढाउन सक्छु


सिन्धुपाल्चोक । नेकपा एमालेका निवर्तमान केन्द्रिय सदस्य सरेश नेपालले  राजनीतिक सकृयता बढाउन पनि सकिने बताउनु भएको छ । राजनीतिमा नयाँ पुस्तालाइ अघि बढाउन पर्छ भन्ने सोचाइले आफु पदीय जिम्मेवारीबाट पछि हटेको भएपनि एमाले भित्रकै केहिले केन्द्रिय अध्यक्ष र महासचिवको हप्काइले पछि हटेको भन्ने आरोप लगाउदै प्रचार गर्न थालेपछि आफुले पुन राजनीति सक्रियता  बढाउन सक्ने बताउनु भएको हो । उहाँले सामाजिक सञ्जालबाट सो कुरा व्यक्त गर्नु भएको छ ।  उहाँले सामाजिक सञ्जालमा  "सिन्धुपाल्चोक जिल्लाको भूगोलमा मेरो जीवनको अधिकांश उमेर बित्यो । मैले ३/४ महिना अघि देखि साथीहरुसंग राजनीतिक जिम्मेवारीको नयाँ ब्यावस्थापन कसरी गर्ने, नवयुवाहरुलाई जिल्लाको राजनीतिक गतिबिधिमा सहभागी गराउन के कस्ता योजना बनाउने भन्ने सम्बन्धमा छलफल चलाएकै थिंए । नेतृत्व तहमा पनि आफ्ना कुरा ब्याक्तिगत र सामुहिक रुपमा उठाएकै हुँ । एघारौ महाधिबेशनमा उम्मेद्वार नहुने कुरा मैले धेरै पहिले भनिरहेकै थिंए । तर पनि सिन्धुपाल्चोकका एउटा सानो झुण्ड मेरो बदख्वाई र चरित्र हत्या गर्न निरन्तर लागि रह्यो । जहाँसम्म राष्ट्रिय महाधिबेशनमा सिन्धुपाल्चोकका प्रतिनिधिहरु ३१ जना थिए जसमा ओली पक्षमा १९ जना र पोख्रेल पक्षमा १२ जना थिए । महाधिबेशनको सन्दर्भमा महासचिव कमरेडले हप्कीदप्की गरेको कपोकल्पित समाचार जनआस्थामा छाप्न लगाएछन । जवकी मलाई महासचिवको हालक‍ो निवास कहाँ छ भन्ने सम्म जानकारी छैन । जिल्लाका अरु नेताहरुको पनि चरित्र हत्या गरिएको छ । महाधिबेशनमा जे परिणाम आयो त्यो नतिजाबाट एमालेसंग बिक्षिप्त बनेका,पार्टी बिरोधी छद्म गिरोहलाई के लेखेर प्रचार गर्यो भने आत्मासन्तुष्टी प्राप्त हुन्छ त्यहि लेखेर अहोरात्र खेतिपाती गरिरहनेलाई म पार्टी नेतृत्वबाट हट्छु, नयाँलाई अवसर दिउ भन्दा किन पेट पोल्छ ? किन मेरो निरन्तरको निष्ठामा प्रहार गरिन्छ ? के फेरि नेतृत्वमा फर्केर बदला लिन उत्रन पर्ने हो ? धेरै मैले सहें । अब प्रतिबादमा निस्कन बाध्य बनाईएको हो ? मेरा शुभचिन्तकहरुले नेतृत्वमा फर्कौ भन्दा अटेर गरेर बसेको हुँ । म बूढो भएर वा रोगी भएर उम्मेदवारी नदिएको पनि हैन । नेतृत्वले बसौ भन्दा भन्दै मेरो आफ्नै चेतनाले निर्णय लिएको हुँ । यस्तै हर्कत भैरहे फर्कन सक्छु । राजनीतिक सकृता बढाउन सक्छु । छद्मभेषीहरुलाई मेरो सकृयता राम्रो जवाफ पनि हुन सक्छ । मेरो बिरुद्वको दुष्प्रचारको एउटा नमुना यहाँ छ" लेख्नु भएको छ । एमाले नेता नेपालले एमालेको ११औं महाधिवेशनमा कुनैपनि पदमा उम्मेदवारी नदिएपछि सिन्धुपाल्चोकका धेरैले कार्यकर्ताले उम्मेदवारी दिनपर्ने, पदीय जिम्मेवारीमा रहन पर्ने भन्दै आएका छन भने केहिले केन्द्रिय अध्यक्ष र महासचिवले हप्काइको कारण उम्मेदवारी नदिएको भनेर प्रचार गरिरहेको बुझिएको छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.