२९ पुष २०८२, मङ्गलवार

इक्यान) को उपाध्यक्षमा गीता शिवाकोटी पुनः निर्वाचित

दुर्गा ओझा न्यौपाने , काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को उपाध्यक्ष पदमा गीता शिवाकोटी पुनः निर्वाचित भएकी छन्। पुस २८ गते काठमाडौंमा सम्पन्न इक्यानको २८औँ वार्षिक साधारणसभा तथा २०औँ अधिवेशनअन्तर्गत आयोजित निर्वाचनमा शिवाकोटीले उल्लेखनीय मतसहित विजय हासिल गरेकी हुन्।

निर्वाचनमा उनले कुल २९२ मत प्राप्त गर्दै उपाध्यक्ष पदमा पुनः आफ्नो स्थान सुरक्षित गर्न सफल भइन्। शैक्षिक परामर्श क्षेत्रको विकास र सुदृढीकरणमा लामो समयदेखि सक्रिय रहँदै आएकी शिवाकोटी विगत २२ वर्षदेखि यस क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी व्यक्तित्वका रूपमा परिचित छन्।

चुनावी अभियानका क्रममा शिवाकोटीले संस्थागत निरन्तरताको सुनिश्चितता, महिला नेतृत्वको प्रवर्द्धन, पेशागत मर्यादा कायम राख्ने प्रतिबद्धता, शैक्षिक परामर्श क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य, इक्यानका शाखाहरूलाई अझ सशक्त बनाउने योजना तथा राज्यसँग प्रभावकारी र दरिलो संवाद स्थापना गर्ने विषयलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेकी थिइन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै उपाध्यक्ष शिवाकोटीले आफूलाई पुनः विश्वास गरेर मतदान गर्ने सम्पूर्ण सदस्यहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिन्। उनले इक्यानलाई अझ सुदृढ, समावेशी र विश्वसनीय संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै, सदस्यहरूको विश्वासलाई जिम्मेवारीका रूपमा ग्रहण गरी संघ र सम्पूर्ण शैक्षिक परामर्श पेशाको हितमा निरन्तर र प्रभावकारी रूपमा काम गर्ने बताइन्।

उनको पुनः निर्वाचित नेतृत्वले इक्यानभित्र संस्थागत स्थायित्व कायम गर्नुका साथै शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने दिशामा थप गति दिने अपेक्षा गरिएको छ।

नेपाल शैीक्षक परामर्श संघको २० औ बार्षिक साधारण सभा तथा अधिवेशनबाट निम्न पदाधिकारी तथा सदस्यहरु चयन गरेको छ । 

अध्यक्ष – लक्ष्मण (एन्ड्रियु) पौडेल 

उपाध्यक्षहरु

बासुदेब दाहाल

बिकल्प राज पोखरेल

गिता शिवाकोटी 

महासचिव – भवनाथ हुमागाई

सचिव

सुरज सिलवाल

आशिक कार्की

कोषाध्यक्ष – साधना पुडासैनी

सह –कोषाध्यक्ष – गोविन्द खनाल

सदस्य

अनन्तराज घिमिरे

उद्धव बन

विवेक बस्नेत

दामोदर शर्मा

अशोक कुमार हाथी

दिनेश पौडेल

सन्जिब पाण्डे

शिव प्रसाद अर्याल

कमल प्रसाद तिमल्सिना रहेका छन । 




सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.