भरत बहादुर शाही
२० बर्षकै कलिलो उमेर १७९९ मा गोर्खाका राजा बनेका, नेपाल एकीकरण गरि स्वाधिन र स्वाभिमान राष्ट्र निर्माणको अभियान थालेका अभियन्ता राष्ट्रनायक पृथ्वीनारायण शाह ।
ब्रिटिस साम्राज्यवाद र स्वदेशी गद्धारहरूका बिरूद्ध अन्तिम श्वास रहुन्जेल सम्म लडेका भिमसैन थापा । राष्ट्रवादी राजाको उपादि पाएका, चिन र गुलाम भारतको विचमा दुई ढुङ्गाको तरूल जस्तो तर स्वाधिन र स्वाभिमानका साथ रहेको नेपालको गौरवपुर्ण इतिहासलाई अझ उच्च बनाउँदै देशलाई अौधोगिक करण र बिकासको सानू झिल्को बन्न सफल राष्ट्रवावी राजा महेन्द्र ।
परनिर्भरताको पराकाष्टलाई आत्मा निरभर्ताको दिशा तय गर्दै देशले गुमाएको भुभाग फिर्ता ल्याउन । राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, सुखि नेपाली समृद्ध नेपाल राष्ट्रिय गन्तब्यका सपनाकार, स्वाधिन र स्वाभिमानलाई अक्षूण राख्न एक बिर युद्धाको रूपमा लडिरहेका केपी शर्मा ओली जस्ता नेपाल आमाका सच्चा सपुत राष्ट्रिय विभुतिहरूले पनि पाएनन् जस ।
नेपाललाई स्वाधिन, स्वाभिमान र राष्ट्रिय गौरव सहितको समृद्ध नेपाल निर्माणका लागि जन्मेका यी महानायकहरूको विवेचना भएको सुनिन्छ र त्यस पछिका प्रतिक्रिया सुन्दा लाग्छ । के साच्चि नै सतिको श्राप नेपालले भोगिरहेकोछ त छैन ?
यो प्रश्न दिमाकमा खड्किरहन्छ । पृथ्वी नारायण शाहको दुरदर्सी र देशभक्ति राजनिति योगदानकै कारण आज हामी स्वाधिन,सार्वभौमसत्ता सम्पन्न नेपालको स्वाभिमानी नागरिक बन्न पाएका छौ र गर्व गर्छौ गुलाम नभएको मेरो देश महान भन्छौ । तर हाम्रो राष्ट्र निर्माणका महानायक, राष्ट्रपिता पृथ्वी नारायण शाहलाई पनि विभिन्न प्रकारका आरोप प्रत्यारोप लगाउने गरिन्छ सानू राज्यलाई बिस्तार गरि ठूलो राज्यको राजा हुने अहंकार जाग्यो र सामान्ती चिन्तन र बिचारको बिस्तार गरेको हो भन्ने हरू त छन नै । यो देशमा त्यस्ता बिदेशी दलाल देशद्रोही नेपाल आमामा कुलंगार सन्तान पनि छन जो पृथ्वीनारायण शाहको सालिकमा थुक्छन् र भन्छन काठमाण्डौ क्रितिपुरका न्यावारहरूका नाक काट्यो, मान्छे मार्यो ठूलो देशको राजा हुन मनलागेर नेपाल एकीकरण गर्यो त्यो हत्यरा हो भन्ने राष्ट्रका कलंकहरू पनि यसै देशमा बस्छन् । तर पृथ्वीनारायण शाह राज्य एकिकरणकै दौरान अभियन्ताकै रूपमा नवाकोट दरबारमा युवाअवस्थामै १८३१ माघ १ गते ५२ बर्षकै उमेरमा मृत्युवर्ण गर्नु भयो यो देशका निर्माता पृथ्वीनारायण शाह प्रति भावपुर्ण श्रद्धासुमन अर्पण गर्दछु ।
बि.स.१८३२ मा जन्मनु भएका भिमसेन थापा ३१ बर्षकै उमेरमा ३१ बर्ष को लामो समय सम्म नेपालको मुख्तियार (प्रधान मन्त्री) बनेका थापा १८९४ सम्म नेपालको सक्तिसाली प्रधानमन्त्री भएर देशको सेवा गरेका थापा को अगाडि, तत्कालिन समयमा विश्व कप्जा गर्न हिडेको बेलायति साम्राज्यवाद ब्रिटिस ईस्ट- इण्डिया कम्पनी सरकार, गुलाम भारतको भुमिबाट नेपालका सिमाना मिच्दै नेपाल कप्जा गर्न उद्धध्रित ब्रिटिस ईस्ट-इण्डिया कम्पनी सरकार बाट देशलाई जोगाउने ठूलो चुनौती थियो । देशभक्ति पुर्ण भावनाबाट ओदप्रोत, दृढ इच्छासक्ती र अनुसाशित गोर्खाली सेनाको साहसपुर्ण युद्धले अग्रेज सेनालाई धुलो चटाउदै भगाउन सफल भिमसेन थापाको देशभक्ति पुर्ण बिचार,उच्च प्रकारको अनुसाशन पालना गराउँदै अनुसासित सेना, प्रशासन, र दरबार पूर्ण नियन्त्रण राखेकै कारण अन्य राजदरबारका समूहहरू विशेष गरी पाण्डे परिवार र राजा राजेन्द्रका नजिकका मानिसहरू
थापा हटायर सत्ता आफूहरूले कब्जा गर्न चाहन्थे, तत्पश्चायात
युवराज देवेन्द्र विक्रम शाहको अकस्मात मृत्यु भयो र यसै मृत्युलाई माध्याम बनाएर देशी बिदेशी खास गरि ब्रिटिस ईस्ट-इण्डिया कम्पनी सरकार र देश भित्रका विरोधी समूहरूले राजनीतिक रंग दिएर युवराज देवेन्द्रलाई बीस प्रयोग गरेर भिमसेन थापाले नै मार्यो भन्ने गम्भीर आरोप लगाए । बि.स.१८९३-९४ तिर दरबारमा शक्तिसंघर्ष, छल-कपट, र षड्यन्त्रले भिमसेन थापाको शक्ति कमजोर हुदै गईरहेको थियो ।
विरोधीहरूले भिमसेनलाई आरोपित बनाएर जनताको भावना र राजपरिवारको डर प्रयोग गरिरहेका थिए।
कुनै वास्तविक प्रमाण थिएन तर यसलाई पाण्डे,बस्न्यात र दरबारकै षडेन्त्रमा राजेन्द्र बिक्रम शाहका छोरा देवेन्द्र बिक्रम शाहको हत्याको झुटो आरोप लगायर थापालाई जेल हालियो, राजदरबारभित्रको विरोधी समुह पाण्डे परिवार लामो समयदेखि दरबारमा शक्तिशाली थियो ।
भिमसेनको उदयले उनीहरूको प्रभाव कम भएको थियो, राजा राजेन्द्रका नजिकका दरबारीयाहरूले राजाको सत्ता विस्तार गर्न थापालाई खतरा ठाने युवराजको मृत्युलाई माध्यायम बनायर थापालाई कमजोर पार्नें प्रयास गरे । ब्रिटिश प्रभावले नेपाल र ब्रिटिश ईस्ट- इन्डिया कम्पनी बीच तनाव थियो।
भिमसेन कडा राष्ट्वादी थिए र ब्रिटिशलाई सहज पहुँच नदिने अठोट नीति अपनाएका भिमसेन बिरूद्ध ब्रिटिश ईस्ट-इण्डिया कम्पनी सरकार भने स्स्थिरता चाहिन्छ भन्ने नाममा, भिमसेन हटाउनु राम्रो भन्ने कुदृष्टि बिचारको भ्रमजाल विरोधी समूह विच फैलायो । यसले भिमसेन बिरोधीहरूलाई थप हिम्मत दियो।
विरोधीहरूले भिमसेन विरुद्ध जनतालाई भ्रमित गरे युवराजको मृत्युको समाचार र भिमसेनमाथिको आरोपले सामूहिक असन्तोष उत्पन्न भयो।
यसले भिमसेनलाई बिना प्रमाण अपराधीको रूपमा जेलमा राख्न मद्दत गर्यो भिमसेन थापालाई फसाउने षड्यन्त्र राजनीतिक प्रतिस्पर्धा,शक्ति कब्जा, र ब्रिटिश ईस्ट-इण्डिया कम्पनी सरकारको प्रभावको संयोजन थियो। सच्चाईमा थापा कुनै अपराधी थिएनन ।
भिमसेन थापा र उनका भाइहरूलाई काठमाण्डौको दरबारको नजिकैको जेलमा राखियो। जेलमा पर्याप्त खाना र औषधि दिइएन, जसले स्वास्थ्यमा असर पाऱ्यो।
उनलाई अलग राखेर सामाजिक सम्पर्क बन्द गरियो-यसले मानसिक दबाब बढायो।
भिमसेनलाई अपराध स्वीकार गराउन विभिन्न शारीरिक यातना दिइएयो । खानेकुराको अभावमा कमजोरी र रोग लाग्न थाल्यो।
समर्थक र परिवारसँग भेट्न रोकियो। थापाको मनोबल कमजोर भयो।
अपराध स्वीकार गराउने दबाबमा बारम्बार भिमसेनलाई भनियो तिमीले युवराज मारेको स्वीकार गर। उनले कहिल्यै स्वीकार गरेनन्। परिवार र समर्थकलाई मार्ने वा सम्पत्ति खोस्ने धम्की दिइयो।
लगातार यातना, अपमान, र कमजोर खानपिनले गर्दा भिमसेन थापाको स्वास्थ्य गम्भीर रूपमा बिग्रियो।
जेल जीवन शारीरिक, मानसिक र सामाजिक रूपमा ' अत्यन्त कष्टदायी थियो
आरोप झूटो थियो, तर राजनीतिक प्रति दन्दीहरूले यसलाई राजनीतिक औजार बनाए, रोग, कमजोरी, र मानसिक तनावले उनलाई आत्मरक्षा गर्न असमर्थ बनायो,अदालतमा हरेक पटक नयाँ नयाँआरोप थपिन्थे।
मुद्दा टुग्याउने इच्छा कसैको थिएन-उनी मर्नै परोस भन्ने लक्ष्य
बिरोधीहरूको थियो दरबारले उनलाई फाँसी दिन सक्ने वातावरण बनाइरहेको थियो लामो यातना र अपमान सहन नसकेर उनले जेलमै धारिलो बस्तु प्रयोग गरेर आफ्नै घाँटी चिरेर घाउँबनाए त्यो घाउकै कारण उनको १८९६ साल भदौ २९ गते जीवन समाप्त भयो ।
भनियो आत्मा हत्या तर त्यो केवल आत्महत्या होइन, राजनीतिक दबाब र षड्यन्त्रको कारण राजनैतिक मृत्यु थियो। निरन्तर अपमान, यातना सहन नसकि भिमसेन थापाले यो कदम उठाउन बाध्य भए भन्ने इतिहासकारकारहरूको भनाई छ। यो आत्महत्या होइन राजनीतिक हत्या नै थियो, जसलाई आत्महत्याका रूपमा देखाइएको षडेन्त्र थियो ।
उनको मृत्यु व्यक्तिगत कमजोरी होइन-राजनीतिक बलिदान मानिन्छ । राजनैतिक शक्ति-पाण्डे, थापा, राणा, शाह) बीचको शक्ति संघर्ष र ब्रिटिस ईस्ट-इण्डिया कम्पनी सरकार गुलाम भारतको प्रभावमा परेका देशद्रोहि दलालहरूको गठबन्धनको षडेन्त्रबाट भिमसेन थापालाई राजकुमार देवन्द्रविक्रम शाहको मृत्युमा संलग्न भएको ,राजद्रोह, अत्याचार, कु-प्रशासनका चलाएको समेत विभिन्न आरोप लगाईयो
तीन पटकसम्म मुद्दामा निर्दोष ठहरिए पनि उनलाई निकाल्न दिइएन । भिमसेन थापाको मृत्युपछि परिवारबाट राज्यले सम्पत्ति खोस्यो,घर-जग्गा जफत गर्यो ।
महिलाहरूलाई सम्मान विहीन रूपमा घरबाट निकालिइयो,
दरबारले कुनै पनि सहारा दिएन। परिवार राज्यबाट निरन्तर अपमानित हुँदै गर्दाको त्यो अन्याय,अत्याचार र कष्टपुर्ण पीडा खप्न नसक्दा भिमसेन थापाकि ,धर्म पत्नी अमर कुमारी थापाले अत्यन्तै पीडा बोध हुँदै क्रोधित भएर , ज-जसले मेरो घर परिवार नष्ट गरे,भीमसेन जस्तो निर्दोष बिरलाई मारे त्यो वंश त्यो शासन, त्यो घराना कहिल्यै टिक्दै टिक्दैन र सान्ति र सुख्ख पनि नहोस भनेर भनिन भन्ने जन विश्वास छ । तर भिमसेनको मृत्यु पश्चात न अमर कुमारी सति गएकि थिइन न त्यो भनाई नै दस्ताविजिकरण भएको तथ्य तथ्याङ् छ । तर उक्त भनाइ अमर कुमारी थापाको थियो त्यही भनाईलाई आधार मानेर नै सतिले श्रापेको देश भन्ने कथन आज पनि समाजमा छ । देशमा घट्ने नकारात्मक घटना पश्चात बडो संकोच्ताका साथ बोलिने शब्द छ । सतिले श्रापेको देश कहिल्यै राम्रो हुंदैन । त्यसैले आज यो देशले त्यही श्रापको मूल्य चुकाई रहेको त छैन ? यो प्रश्न जनताले गरिरहेका छन् ।
२००७ सालको राणा शासन अन्त्य पछि दिल्ली सम्झौता पश्चात् राणा,राजा र नेपाली कग्रेसको त्रिपक्षिय सरकार गठन पछि २००८ साल तिर नेपालको सरकार सन्चालनमा सहयोगी भुमिकाका निर्वाह गर्ने नाममा भारतले नेपाल सरकारको गृह, अर्थ र बाणिज्य तथा आपुर्ति मन्त्रालयमा भारतीय नागरिक एस पी उपाध्याय, एच भिआर अय्यर,गोविन्द नारायण लगायत भारतीय कर्मचारीहरू मन्त्रालयमा सल्लाहकारको रूपमा पठाएको थियो । बिस्तारै बिस्तारै सहयोग गर्न भनी आएका कर्मचारी, मन्त्रीहरू भन्दा सक्तिसाली देखिदै गएपछि राजा महेन्द्रले हामी आफै सरकार सन्चालन गर्न सबल र सक्षम छौ भन्दै बि.स.२०११ सालतिर ती भारतीय कर्मचारीहरूलाई उतै खेदड्न सफल भएका राजा महेन्द्र देशभक्त मात्र थिएनन देशबिकासको लागि एक योजनाकार र भिजन भएका ब्यक्ति पनि थिए । देशभक्त र भिजनरी भएकै कारण कोदाँरी राजमार्ग, नेपालका दक्षिणी सिमनाका सबै जिल्ला सदरमुकाम भारत,नेपाल सिमनामा राख्नेकाम गरे ।
बिराटनगर जुटमिल, गोरखकाली टायर उधोग,बासबारी छाला जुत्ता उधोग लगायत दर्जनौ उधोग स्थापना गरेर बिकासका विभिन्न आयामहरू खडा गरे । १९४९ मै भारतले नेपाल र सिक्किममा एकै साथ सरकार सन्चालनको लागि माथि उल्लेखित सचिव स्तरका कर्मचारी नेपालमा र प्रधान प्रशासकिय अफिसर (दिवान) सिक्किममा पठाएइएको थियो । केही बर्ष पछि अझै प्रभावशाली अधिकारी हरिश्वर दयाललाई भारतले प्रधानमन्त्री सरहको अधिकार सहित सिक्किम पठायो । सिक्किमको आन्तरिक राजनीतिमा भारतको प्रत्यक्ष प्रभाव त्यो बेलादेखि सुरु भयो । जि एस मेहता पोलिटिकल अफिसरको भुमिकामा भए पछि । राजा चोग्याल वा सिक्किम सरकार लाई निर्णय लिनुभन्दा पहिले भारतको अनुमति आवश्यक पर्ने स्थिति बन्दै गयो । त्यस पछि अपन कुमार धर ,दवाङ्ग सिंह राणा,के सुब्बा राव, प्रधान प्रशासक बने पछि
सिक्किमको प्रसाशन पूर्ण रूपमा भारतको हातमा गयो । १९४९ देखि १९७५ सम्म ``र`´´का सस्थापक प्रमुख रामेश्वर नाथ काव ( आर .एन. काव) सम्म सिक्किम भारतमा विलय गराउन विभिन्न ब्यक्तिहरूको विभिन्न भुमिकाबाट एक स्वतन्त्र सार्भवभौम सत्ता सम्पन्न राष्ट्र सिक्किम भारतको २२ अौ राज्यमा परिणत भएको ईतिहास ताजै छ ।
त्यही सिक्किम जस्तै गरि नेपाल पनि भारतको प्रान्त बनाउने भारतको कुदृष्टी विभिन्न कालखण्डमा पर्दै आयको छ । एकपटक राजा महेन्द्रसंग इन्दिरा गान्धीको एउटा अनअौपचारिक भनाईमा, नेपाल भारतमा मिलाउ र एक ठूलो देश बनाउ भन्ने त्यो भनाईलाई कोट गर्दै हुन्छ । एउटै देश बनाउँ तर त्यो देशको नाम नेपाल राखौं र चन्द्र सुर्य अंकित झण्डा मानौ भने पछि इन्दिरा गान्धी नाजबाफ भएकि थिइन । महेन्द्रको तिक्षण बौद्धिक्ता र राष्ट्रवादी नितिको आज पनि चर्चा हुने गर्दछ। उनको यो भाइबाट प्रस्ट बुझिन्छ कि नेपाल भारतमा होइन भारत नेपालमा मिलाउँ र एक ठूलो देश भनाउ भन्ने थियो । भारत आजबाट होइन उहिलेबाट नै नेपालमाथि अनेकन बाधाब्यवधान र अड्चन खडा गर्दै आइरहेको ईतिहास छ । त्यसका बापजुत यो देशको स्वाधिनता र स्वाभिमानलाई अक्षुण राख्न नेपालका विभिन्न राष्टभक्त राष्ट्रिय बिभुतिहरूका कारण यो देश संसारकै स्वाभिमानि देशको अस्थित्व र सम्मान बोकेको छ । त्यसैले स्वाधिनता राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानका विषयमा चर्चा परिचर्चा गर्दा महेन्द्रवादी चिन्तनको आरोप लाग्ने गर्छ त्यति मात्र होईन राजा चाहाने शक्तिहरू वा ब्यक्ति भनिन्छ, लोकतन्त्र गणतन्त्र बिरोधीको रूपमा व्याख्या गरिन्छ तर वास्तममै राजा महेन्द्र राष्ट्रवादी राजा भएकै कारण चितवनको दियालो दरबारमा रहस्मयी रूपमा मृत्यु हुनुमा भारतकै हात छ भन्ने बुझाई नेपालली समाजमा छ । उसो त मदन भण्डारी, सुशील कोईरालाको मृत्युको पछाडी पनि भारत देख्नेको बाहुल्यता नेपालमा कम छैन ।
निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तब्य, नै बनायर जननेता मदन भण्डारीले यो माटोमा प्रतिपादन गरेको जनताको बहुदलिय जनवाद ( जबज)को मार्गनिर्देशन सिद्धान्तलाई अंगिकार गर्दै राष्ट्रिय स्वाधिनता र स्वाभिमान सहितको शक्ति सम्पन्न बिकशित देश नेपालको सपना देखिरहेको नेकपा (एमाले) र एमालेका अध्यक्षय एवंम पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीका कैयन अभुतपुर्ण कार्यहरूलाइ हेर्ने हो भने के पी ओलीको योगदान यो देशका लागि अविस्मरणीय छन्।
२०७२ भदौं देखि सुरू गरेको भारतको नाकाबन्दी बिरूद्ध चट्टान जस्तै उभिएर भारत संग नझुकि भारतलाई नाकाबन्दी हटाउन बाध्य मात्र बनाएनन, उत्तरी छिमेकी राष्ट चिनसंग २०७२ कार्तिक १० गते पहिलो पेट्रोलिएम आयात सम्झौता भएको ४ महिना पछि २०७२ चैत्र ८ गते नेपाल-चिन पारागमन ऐतिहासिक सम्झौता भयो र नेपालको भारत माथिको एकल निर्भता हटाउने युगान्तकारी काम लगायत २०७६ माघ १८ गतेबाट नेपाल-चिन ट्रान्जिट एग्रिमेन्टको प्रोटोकल अौपचारिक रूपमा लागू भएको दिन देखि नेपाल स्थलरूद्ध देश बाट स्थल जडितमा प्रवेश गराउने केपी ओलीको सरकारलाई नेपाली जनताले युगौं युग सम्म सम्झि रहनेछन् ।
६३ बर्ष देखि गुमेको लिम्पियाँधुरा, लिपुलेख,कालापानि लगायतका भुभाग फिर्ता ल्याउन नेपालको सार्वभौम सत्ता सम्मपन्न संसदबाट अदभुत एकता प्रदशन र सतप्रतिसत सांसदले पासगरेको राजनैतिक चुच्चे नक्सा प्रकासित मात्र भएन तीन करोड नेपालीको खल्ति,खल्तीमा पुग्ने सारा संसारले थाहा पाउने गरि नेपाल राष्ट्रबैंले नेपाली एक सय रूपैय (१००) को नोटमा प्रकासित राजनैतिक चुच्चे नक्सा छापे पछि पाठ्य पुस्तकमा नक्सा छाप्न ओली डरायो भन्ने बिरोधिहरूको मुख टालिएको छ भने भारतको छटपटहाट चुलिएको छ।
बिकासका कुरा गर्ने हो भने करिव २७ सयमिटर लामु नागढुंगा सिस्नेखोला सुरूङ्ग मार्ग लगायत देशलाई सुरूङ्ग सन्जाल फैलाउने कुरा होस या धररा,रानिपोखरी दरबार हाईस्कुल, हनुमानढोका लगायत ७२ सालको भुकम्पमा ध्वस्त र ढलेका भौतिक सम्रचना उठाउने हो चाय २०७७ मंसिर १५ गते एकै साथ ३९६ स्थानिय अस्पताल निर्माणका लागि गरिएका सिलान्यास र दोस्रो चरणमा सुरूवात गरेका २५९ स्थानिय अस्पताल निर्माणको कार्य अगाडि बढाउने होस, वा सडक संजाल पुस्पलाल मध्यपहाडी, मदन भण्डारी, हुलाकी लोकमार्ग लगायत विभिन्न कृषि सडक संजाल,यस्तै प्रकारले सुनकोशी- मरिन- डाइभर्शन,भेरी-बंबई डाईभर्शन जस्ता विभिन्न सिंचाई आयोजना हुन् चाय दैलेखको मिथिन ग्यास उत्खननको विषय होस या शक्ति सम्पन्न देशका बिदेशी नागरिकहरूले असंबैधानिक र अनैतिक रूपमा संचालन भएका फेसबुक ट्वीटर,युटुव लगायत सामाजिक संजाल संचालनको लागि नियमन र कानुन त: गर्न लिइईको खडान होस । यस्तै अनेकन उधारणिय काम र चुलिएको अन्तराष्ट्रिय नेपालको छवि र स्वाभिमान होस, आज देशि बिदेशी प्रतिक्रियावादीहरू जो नेपालको भलो नचाहाने सक्तीहरूलाई केपी ओलीको राष्ट्रवादी अडान मन नपरेको कुरा घाम जस्तै छर्लंङ्ग छ ।
निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तब्य, को सपना साकार पार्न अघि बढेको नेकपा एमाले प्रतिको जनताको आकर्षणलाई देखि सहनु नभएका देशद्रोही र बिदेशि शक्ति केन्द्रहरूको षडेन्त्रपुर्ण रूपमा देशको स्वाधिनता, स्वाभिमान र देशको गौरव बोकेका नेपालका विभिन्न स्वाभिमान र स्वाधिनताका धरोहर, नेपालको आत्मा र सम्मानित सिर सिंहदरबार, संसद भवन,सर्बच्चो अदालत,राष्ट्रपति भवन,प्रधानमन्त्री निवास लगायत निजि,सार्वजनिक र सरकारी अनेकन सयौं भौतिक सम्रचना ध्वस्त पार्ने काम गरे । नेपालका युवा विध्यार्थी नवयुवक जेन्जीहरूलेसंचालन गरेको सुसाशन, भ्रस्टचार र बन्द सामाजिक संजाल खुलाउन सरकारलाई दवाब मुलक गरेको आन्दोलनलाई माध्यायम बनाउँदै युवा बिध्यार्थीहरूका बुईचढेर २०८२ भदौ २३/२४ गते भएको आकर्मण सामान्य र छोटो समयको योजना थिएन यो त लामो समय देखि देशका बिरूद्ध बुनेको षणेन्त्रको जाल थियो ।
संसारका कुनै पनि देशको इतिहास हेरौं उधारण हाम्रै छिमेकी गुलाम भारतको ईतिहास,सिक्किमको ईतिहास, चिन लगायत धेरै देशका इतिहास हो या त्यही आजको विश्व साम्राज्यवादको नाइके अमेरिकाको ईतिहास हेर्ने हो भने देश भित्रै गद्धार र देश द्रोही दलालहरू बिदेशीहरूको गोटि नबनुन्जेल सम्म त्यो देशमा नकुनै किसिमको आक्रमण गर्ने कसैको साहस हुन्छ, नदेश गुलाम बनाउन सक्छ । जब सबभन्दा पहिला, राष्टघाति दलालहरू देश भित्रै जन्मिन्छन् तब मात्र देश बिदेशीको आक्रमणको सिकार बन्दछन् ।
जस्तै तत्कालिन भारत पश्चिम बंगालको राजधानी मुर्शिदावाद नवाब सिराजुद्दौला प्रति आफ्नै सेनापति मिर जाफर, मन्त्रीहरू जगत सेठ, राय दुर्लभ,यार लुतफ खाँ,जस्ता नै षडेन्त्रकारी,राष्टघाति दलाल बने पछि ब्रिटिस ईस्ट-इण्डिया कम्पनीले भारतमा १७५७ को प्लासी युद्ध गर्यो र ११ घण्टामै जित्यो र विभिन्न राज्य राजधानीमा बिकेन्द्रित भारतमा ब्रिटिस ईस्ट-इण्डिया कम्पनीको उपनिवेसको मुल ढोका खोलिदियो १८५७ को सिपाइ बिद्रोह देखि १९४७ सम्म बेलायतको प्रत्यक्ष शासन मार्फत करिव १९० बर्ष सम्म उपनिवेस र दासत्वको पीडा ब्यहोर्दै विशाल भारत एक गुलाम देशको रूपमा रूपान्त्ररण भएको ईतिहास हामिले पढ्न पाउछौ छ ।
१९३१ देखि ४५ सम्मको १४ बर्ष सम्म जापानी उपनिवेश बनेको तत्कालिन चिनको राजधानी नानजिङ कप्जा गरेर जापानले चिनकै कटपुतली वाङ जिङवेईलाई प्रधानमन्त्री बनायो र चिनलाई जापानको कप्जामा पुर्याउने देशका दुस्मन मुख्य दलाल चिनियाँ नागरिक नै थिए नानजिङ सरकारको प्रधानमन्त्री, वाङ जिङवेई नै मुख्य जापानी दलाल हो भने, चेन गोंगबो, झौउ फोदाई, पु यी, देम चुग्दोङरूब, लगायतका चिनियाँ नागरिक नै चिनको सन १९३१ देखि ४५ सम्मको १४ बर्षिय जापानी उपनिवेशिक चिनका दुस्मन हुन ।
सिक्किममा काँजी लेण्डुप धोर्जे खाङ्सेर्पा,एन बी लामा,बी बी राइ, बौद्ध भिक्षु लगायत सिक्किम राष्ट्रिय कँग्रेस समेत नै भारतीय दलाल नबनेको भए सिक्कि भारतको २२ वा राज्य बन्ने थिएन । त्यही संयुक्तराज्य अमेरिका, थमस इचिन्सन, जोसेफ ग्यालोवे,बेनेडिक्स आर्नोल्ड, एडवर्ड ब्रैडडोक लगायत विभिन्न तह र तप्काका थुुप्रै अमेरिकन नाकरिक नै बेलायती दलाल नबनेको भए अमेरिका सन १६०७ देखि १७६९ सम्म करिव १७० बर्ष बेलायतको उपनिवेश अर्थात गुलाम बन्ने थिएन ।
देश कम्जोर अर्थात बाहृरीए सक्तिको प्रभाव र दबाबको मारमा तब पर्छ जब देश आन्त्रिक आत्मा घाति दलाल तत्वहरूको जन्म हुन्छ र देश उपनिवेस, बिसर्जन,गुलाम,र अस्तित्व समाप्तिको संघारमा पुग्द छ । घर नर्क बन्द छ, समाज भाडिन्छ र सामिप्यता,सदभाव र सस्कार बिहिन बन्छ । आज हाम्रो देशमा ठिक त्यही भएको छ । हाम्रो देशका दुश्मन कुनै बिदेशीहरू नभएर देश भित्रकै मुकुण्डोधारी नेपाली नागिरक नै बिदेशिहरूका भाडाका ट्टु बन्दै गइरहेकाबाट नै देश संकटमा छ । राजनैतिक पार्टीहरू खास गरेर कम्युनिष्टहरू नै टुक्रा टुक्रा भएकाछन् देश भित्र दिन प्रति दिन बिदेशिका दलालहरूको संख्या दिन दुई गुना रात चौगुना गरि बडोत्तरी हुँदै गईरहेका तथ्यहरू विभिन्न बिज्ञ, राजनैतिक विशलेषकहरूबाट सुन्न पाईन्छ नेपाल सरकारमा रहेका कर्मचारी नै बिदेशी दलाल भए बाफत दोहोरो तलव खाने दलालहरूकै संख्या २२ हजार, पुगेको भनाई छ । अन्य विभिन्न आइ एन जियो मार्फत बिदेेशीका दलाल बनेकाहरूको त हिसाब नै छैन । यही देश माथि मड्राईरहेको कालो बादल हो । देश बिदेशि उतपादन उन्मुख र परनिरर्ताको को प्राकाष्ट भयो।
देशको राष्ट्रियता, सार्वभौमिक्ता र देशभक्ति भावना र बिचारबाट देश धेरै टाढा भागिसकेको महसुश गरेर नै नेकपा एमालेका अध्यक्ष एवंम पुर्ब प्रधानमन्त्री केपी ओलीको राष्ट्,राष्ट्रयता र राष्ट्रिय स्वाभिमान प्रतिको जन जागरणकै कारण नेपाली जनताको मन मस्तिक्समा गहिरो प्रभाव पारेको देशको पहिलो पार्टी बन्न पुगेको नेकपा एमाले र एमालेको नेतृत्व प्रति नेपाली जनताको,आसाभरोसा, विश्वास र अदभुत स्नेह मायाँले नै नेपालको पहिलो लोकतान्त्रिक राजनैतिक पार्टीको रूपमा नेपाली जनताको मनमस्तिक्समा बस्न सफल भएको छ । नेकपा एमाले र यस पार्टीको नेतृत्वलाई कसरी कम्जोर बनाउने भन्ने षडेन्त्र देश भित्रैबाट भैरहेको छ र त्यसैलाई मलजल दिइरहेका बिदेशी सक्तिहरू त विभिन्न माध्यायम खोजिरहेकै छन् र हुन्छन् यसमा हामी प्रस्ट हुनै पर्छ ।
भदौ २३ र २४ को असाधारण दुरघटना र त्यस पछिको प्रस्थितीको मुख्य उध्यश्य भनेकै बि.स. १८९४/९५मा भिमसेन थापाका बिरूद्ध भएको षडेन्त्र र केपी ओलीका बिरूद्ध भएको षडेन्त्रपुर्ण परि घटनाको प्रकृति एक अर्का संग ठ्याकै मिल्दा जुल्दा छन । भिमसेन थापाको त हत्या नै गरेर छाडे तर अध्यक्ष ओली जिवित रहन सफल हुनु भयो । साहित यो देशलाई स्वाधिन र स्वाभिमान सहितको समृद्ध बनाउन केपी ओली आवाश्यक भएर नै ओली माथि भएका देशि बिदेशी र आफ्नै पार्टी भित्रका आन्त्रिक छलछाम र जालझेल समेतले सताए पनि अध्यक्ष ओली देशको लागि एक सतिसाल र कडा चट्टान भयर उभिनु भएको छ । यो अदम्य साहस र शक्ति प्रधान भइरहोस देश भक्त नेपाली जनता को साथ सहयो र मायाँ मिलि रवस भन्ने कामना गर्दछु ।
बडो दु;खका साथ भन्नू पर्छ बिदेशीहरूको चाहाना बमोजिम पार्टीमा एकता होइन फुट ल्याउने चलखेल सुरू भएको छ । भदौ २३/२४ को देशको स्वाधिनता र स्वाभिमान माथि भएको बिदेशी शक्ति केन्द्रहरूको आक्रमण पश्चात, नेकपा एमाले र एमालेको नेतृत्वलाई जोगाउदै रक्षा सुरक्षा कवचको रूपमा पार्टी एक ढिक्का भएर चट्टान झै खडा हुनुको साँटो उल्टै केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल भएको देख्न चाहाने देशि, बिदेशी सक्तिहरूलाई बल पुग्ने गरि जानि नजानी वा ब्यक्तिगत स्वार्थ सिद्धिका लागि तिनै बिरोधी सक्तिहरूको चाहाना पूरा हुने गरि नेतृत्व हटाउन जोरबल लगाई रहेका छन् । जो यो देश,जनता, नेकपा एमाले र राष्ट्रिय स्वाधिनताको सिंङ्गो आन्दोलनको लागि बिडम्बना हो । आज देश गम्भीर संकटमा छ देश स्वाधिन र जिवित रहन्छ कि रहन्न भन्नेमा देशभक्त जनता संसकित छन् । आजका विश्व साम्राज्यवादी देशहरूले अर्को देशलाई कप्जा र उपनिवेस बनाउने चरित्र फरक छ तर उध्यश्य कटपुतलि खडा गरेर देश कप्जा गर्ने नै हो । आफ्ना सेना प्रहरी द्धारा भिषण युद्ध गरेर देश कप्जा गर्ने नीति लिएका छैनन। उनिहरूको आजको त्यही देशका जनतालाई विभिन्न प्रलोभनमा पारी आफ्ना दलाल र कट्पुतिली खडा गरेर देश कप्जा र उपनिवेशको नीति लिएका छन् त्यसैलेे जब देश भित्र दलालहरूको संख्या बड्छ तब देश जोगाउने शक्ति कम्जोर र विभिन्न षडेन्त्रका सिकार बन्दछन । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेलाई समाप्त पार्ने योजना अन्तरगत विभिन्न उद्देश्य बोकेका बिदेशीहरूका दलाल र सैतानहरूका राजा (लुसिफर)हरूले घटाएको सुनियोजित योजना सहितको २३ र २४ गतेको घटनाको प्रकृति यसैको रूप हो । देशको स्वाभिमान र स्वाधिनता माथि भएको घृणित र दुस्साहस पुर्ण दु:खत दुरखटना हो ।
त्यसैले नेपालको भलो चाहानेको कहिल्यै भलो नहोस भनेर भिमसेन थापा,धर्मपत्नी अमर कुमारी थापाले, ज-जसले मेरो पतिलाई अन्याय,घोर अपमान र अत्यचार गरेका छन उनिहरूको वंश र देशले कहिल्यै सान्ती नपाओस भन्दै श्रापेकि थिइन। त्यस पछि सतिले श्रापेको देश नेपाल भन्ने जन विश्वास फैलियो। त्यस पछिका विभिन्न कालखण्डमा घटेका घटनाक्रमहरू हेर्दै जादा नेपालले कहिल्यै सान्ति, अमन चैन सान्तिपुर्ण वातावरण पाएको देखिदैन र देशलाई भलो चिताउनेहरू पनि यो देशमा कालगति मर्न र पुर्ण जीवन सान्तिपुर्ण रूपमा बाच्न पाएको पनि देखिदैन । यो देशको भलो चाहाने भिमसेन थापा,राजा महेन्द्र,मदन भण्डारी,राजा बिरेन्द्र लगायत उधारणको लागि लिन सकिन्छ । भदौ २३/२४ को घटना पनि उपरोक्त दुरघटनाकै पुनरावृत्ती थियो तर सरकारको नेतृत्व गरेका केपी ओलीको ज्यान त बच्यो तर अन्य जन धनको मात्र क्षेति भएन देशको स्वाभिमान र स्वाधिनता माथि नै असाधारण प्रहार भयो देशको मुकुट र धरोहर नै जलेर खरानी भयो । उक्त माथि उल्लेखित कथा केवल ऐतिहासिक घटना मात्र नभएर देशको न्याय सत्य र इमान्दारीको पाठ पनि हो । के श्रमति थापाको श्रापले नेपाललाई छोडेको छैन त ? यदि त्यसो हो भने श्रीमती अमर कुमारी थापाको आत्मा सान्तीको पुजन नेपालले गरेर उनको आत्मालाई सान्त नपारे सम्म नेपालको लागि राम्रो काम गर्ने राष्टवादी नेता र नेतृत्व र देशको भलो नहुने देखिएको हो त ?
आजको देशको बिषम प्रस्थितिको सामना गर्दै राष्ट्र राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र स्वाधिनता सहितको समृद्ध नेपालको चिन्ता चासो गरेर अघि बढ्ने प्रयत्न गर्ने नेता कोहि छ भने त्यो के पी ओली नै हो । त्यसैले केपी ओली र नेकपा एमाले चौतर्फी घेराबन्दीमा परेको छ । नेकपा एमालेको चिन्ता भन्दा पनि यो देशको प्रतेक राष्टवादी नेपाली र यो देशलाई मायाँ गर्ने जो कसैले पनि केपी ओलीको चिन्ता गरेको देखिन्छ किन भने केपी जस्ता राष्टभक्त र देश प्रेमी मानिसहरूको नेपालमा स्वभाविक मृत्यु भएको ईतिहास छैन । यस्ता देश भक्त मानिसहरू माथि विभिन्न किसिमका षडेन्त्र,जालझेल र हत्या समेत भएका ईतिहास हाम्रो अगाडि छन् । यो ईतिहास के पी ओली ज्युले ब्यहोर्न नपरोस र यो देशको नेतृत्व फेरि केपी ओलीले गरे मात्र देश स्वाधिन, स्वाभिमान र सुसाशन सहितको समृद्ध नेपाल बन्ने बोटो तिर जान सक्छ अन्यथा देश दिन प्रति दिन संकटमा पर्दै जाने निश्चित छ । किन भने नेपालको भलो नचाहाने शक्ति त छदै छन तर त्यो भन्दा गम्भीर प्रश्न देश भित्रका मुकुण्डोधारी नेपाली दलालहरू बढ्दै गएकाले देश जोखिमपुर्ण अवस्थामा उभिएको छ । एमालेलाई चर्को चर्को स्वरले गालि गरे मात्र बिदेशिको नम्बर एकको दलाल बन्न पाईन्छ कि भन्नेहरूको संख्या बढि रहेको छ जनता अझै पुर्ण राष्टवादी चेतनाबाट प्रशिक्षित भैसकेका छैनन यो राष्ट्रलाई स्वाधिन र स्वाभिमान सहितको समृद्ध देशको सपनाकार र योजनाकार एक राष्टवादी नेता केपी ओलीलाई लागेका अनेकन आरोप प्रत्यारोप र षडेन्त्रहरू देख्दा लाग्छ साच्चि नै यो देशलाई सतिको श्राप लागेकै छ कि क्या हो ? भन्ने लाग्छ । तर देश भक्त नेपालीहरूले गम्भीर भएर सोच्नै पर्छ ।
अन्तमा पार्टी र देश संककटको घडिमा उभिएको यस विषम प्रस्थितीमा हुनगइरहेको नेकपा एमालेको ११अौ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली ज्यु अत्याधिक बहुमतले पार्टीको पु न:अध्यक्षमा निर्वाचित हुनुहुने छ भन्ने पुर्ण विश्वासका साथ अग्रिम बधाई एवंम हार्दिक शुभकामना ब्यक्तगर्न चाहान्छु । धन्यवाद
२०८२ पौष १ गते, शाही नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य हुनुहुन्छ
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.